काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति बैठक आज बस्दैछ ।
बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय चःमतिमा बस्नेछ ।
बैठकमा समसामयीक राजनैतिक एवं पार्टी गतिविधि सम्बन्धमा, केन्द्रिय विभागको प्रगति रिपोर्ट, संसदीय दलको रुपन्देही बैठक अपडेट, रुपन्देही उपनिर्वाचन अपडेट, रुपन्देही संगठन अपडेट, कुलिङ अफ पिरियडमा भएको गडबडी छानविन प्रतिवेदनमाथि छलफल हुनेछ ।
प्रदेश इन्चार्जको प्रदेश रणनीतिको सार एवं रिपोर्ट, केन्द्रिय सदस्य रिपोर्टिङ, पार्टी सचिवालय बैठकका निर्णयहरुमा छलफल र अनुमोदन, विधान ब्याख्या अनुमोदन सम्बन्धमा, केन्द्रिय विभागको प्रमुख मनोनयन सम्बन्धमा, पूर्व केन्द्रिय सदस्यहरुलाई पुनः जिम्मेवारी दिने प्रश्तावको सम्बन्धमा छलफल हुने जनाइएको छ ।
त्यस्तै बैठकमा पार्टीको निर्वाचन आयोगमा मनोनयन सम्बधमा, रणनीतिक समूह गठन सम्बन्धमा, संगठन सवलिकरणका लागि केन्द्रिय समिति, केन्द्रिय विभागलाई थप जिम्मेवारी सम्बन्धमा, विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकारको व्यवस्था गर्न सरकार र संबन्धीत निकायको ध्यानाकर्षण गराउने सम्बन्धमा छलफल हुनेछ ।
बैठकमा सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षरबारे प्रगति रिपोर्ट र अभियान थप प्रभावकारी बनाउने सम्बन्धमा, अधिवेशन प्रतिनिधि समय बिन्दु (केन्द्रिय विभाग, प्रदेश विभागको नयाँ नियुक्ति) सम्बन्धमा, मधेस प्रदेश सहमहामन्त्री सिफारिस सम्बन्धमा, पार्टी सचिवालयबाट अनुमोदन भएको पार्टी केन्द्रिय कार्यालयको अनुमानित बजेट प्रश्तुत, सांसदहरुको लेवि सम्बन्धमा छलफल हुने जनाइएको छ ।
प्रकाशित मिति २०८२ साउन २४ गते शुक्रबार ०९:०८




