२०८३ साउन २१ गते बिहीबार

नयाँ संसद भवनको काम समयमै सक्न दुई चरणमा काम गर्नुपर्छः हितराज पाण्डे

नयाँ संसद भवनको काम समयमै सक्न दुई चरणमा काम गर्नुपर्छः हितराज पाण्डे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २४ गते शुक्रबार १२:०४

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले निर्माणाधीन नयाँ संसद भवनको काम समयमै सम्पन्न गर्न दुई चरणमा काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त,...

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले निर्माणाधीन नयाँ संसद भवनको काम समयमै सम्पन्न गर्न दुई चरणमा काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले असार १७ देखि साउन १५ सम्मको प्रगति ३.३० प्रतिशत मात्रै रहेकाले त्यो कति सन्तोषजनक हो ? भन्ने उनको प्रश्न छ । उनले पहिलादेखि नै काम सम्पन्न गर्ने भनेपनि समयमा काम नसकिरहेको बताए । उनले समय मात्रै थप गर्ने कुराले अझै पनि समयमै काम सम्पन्न हुनेमा आशंका व्यक्त गरे ।

उनले भने, ‘असार १७ देखि साउन १५ सम्मको प्रगति ३.३० प्रतिशत प्रगति भएको छ भन्नुभएको छ । कति हुनुपर्ने हो । हामीले पहिलादेखि नै भनिरहेका छौँ । यो समयमा काम हुन सकेको छैन । कागजमा मात्रै भयो । काम समयमा हुन नसकेपछि अब दुई चरणमा गर्ने, तीन चरण गर्ने भन्ने सरकारले सोचिरहेको छ होला भन्दा पनि संशोधित भन्ने कुराले हुन्छ की हुँदैन भन्ने आशंका भयो । जति कुरा गरेपनि छिटो काम भएन ।’

प्रमुख सचेतक पाण्डेले के गर्दा सरकारलाई सहयोग हुन्छ त्यो काम गर्न संसदीय समिति सचेत रहेको बताए ।

प्रकाशित मिति २०८२ साउन २४ गते शुक्रबार १२:०४
हजुरको प्रतिक्रिया