२०८३ साउन २१ गते बिहीबार

नयाँ संसद भवनको काम समयमै सम्पन्न गर्न निर्देशन दिइसकेको छुः कार्यवाहक प्रधानमन्त्री सिंह

नयाँ संसद भवनको काम समयमै सम्पन्न गर्न निर्देशन दिइसकेको छुः कार्यवाहक प्रधानमन्त्री सिंह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २४ गते शुक्रबार १२:५६

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले कार्यतालिका अनुसार कार्यप्रगति हुन नसकेकोबारे सरकारले विशेष ध्यान दिइरहेको बताएका छन्। शुक्रवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त,...

काठमाडौं ।

कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले कार्यतालिका अनुसार कार्यप्रगति हुन नसकेकोबारे सरकारले विशेष ध्यान दिइरहेको बताएका छन्।

शुक्रवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएा हुन्।

उपप्रधानमन्त्री सिंहले नयाँ संसद भवनको काम समयमै नसकिएकोबारे सबै जानकार रहेको बताउँदै विगतका कमीकमजोरीहरूलाई नियालेर सरकार गम्भीर बनेको बताए। उनले काम समयमै सक्नका लागि मन्त्रालयदेखि सम्बन्धित इन्जिनियरदेखि महानिर्देशक र आयोजना प्रमुखलाई समेत बोलाएर निर्देशन दिइसकेको बताए।

‘नयाँ संसद भवनको काम समयमै सकिएको छैन । यो तपाईं हामी सबैलाई थाहा भएकै कुरा हो । सत्य यही हो । तर मैले अघि पनि भनेँ मैले यसमा । काम छिटो सक्न मन्त्रालयदेखि, सम्बन्धित इन्जिनियर, डिजी साबहरूलाई के गर्दा राम्रो हुन्छ भन्ने कुरामा हामी लागि नै रहेका छौँु, उनले भने, ुसमयमा सम्पन्न नभएको प्रोजेक्ट, राष्ट्रिय स्तरबाटै सबैले ध्यान दिएको प्रोजेक्ट हो विगतका गल्तीहरुबाट सिकेर राम्रो बनाउन ध्यान दिइरहेको छु । कार्यतालिकामा प्रगति हुन नसकेको कुरालाई अहिलेको जुन अवस्था छ, त्यसबाट अझ प्रगति ल्याउन आवश्यक छ ।’

कार्यवाहक प्रधानमन्त्री सिंहले भएका कमी कमजोरी औंल्याइदिएपछि सुधारका लागि लाग्ने प्रतिवद्धता जनाए।

प्रकाशित मिति २०८२ साउन २४ गते शुक्रबार १२:५६
हजुरको प्रतिक्रिया