२०८३ साउन २१ गते बिहीबार

मदन आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष प्रदीप ज्ञवालीले लिए पदको शपथ

मदन आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष प्रदीप ज्ञवालीले लिए पदको शपथ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २७ गते सोमबार ०३:५८

काठमाडौ । मदन(आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष प्रदीप ज्ञवालीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्। उनले सोमवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट पद तथा...

काठमाडौ ।

मदन(आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष प्रदीप ज्ञवालीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्।

उनले सोमवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।

माले उपमहासचिव ज्ञवालीले शपथग्रहणपछि बोल्दै अब प्रतिष्ठानलाई कुन दिशामा अघि लैजाने र कसरी अघि बढाउने भन्नेबारेमा प्रतिष्ठानको सोमवार बस्ने बैठकमा छलफल हुने बताए।।

वैचारिक क्षेत्रमा योग्य उत्तराधिकारीहरू उत्पादन गर्ने गरी प्रतिष्ठानले काम गर्ने उनले बताए। प्राविधिक शिक्षालाई प्रतिष्ठानले प्रभावकारी बनाउने गरी अघि बढाइने उनले बताए।​एकेडेमिक एक्सलेन्सका रुपमा प्रतिष्ठानलाई अघि बढाउने गरी आफूहरूले विचार गरिरहेको बताए।

उनले मदन(आश्रितका विचारहरु अघि बढाउने गरी नै प्रतिष्ठानले भूमिका खेल्ने दावी गरे। प्रतिष्ठानका सदस्यका रुपमा सुरेश चापागाईंले समेत पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

 

प्रकाशित मिति २०८२ साउन २७ गते सोमबार ०३:५८
हजुरको प्रतिक्रिया