२०८३ साउन २१ गते बिहीबार

भ्रातृ संस्थाहरुको अधिवेशन गराउन काँग्रेसले पारित ग¥यो निर्देशिका

भ्रातृ संस्थाहरुको अधिवेशन गराउन काँग्रेसले पारित ग¥यो निर्देशिका

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २८ गते मंगलबार ०९:०८

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पदाधिकारी र निर्देशन समितिको संयुक्त बैठकले निर्देशिका पारित गरेको पार्टी प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए ।
उनले भ्रातृ संस्थाहरुको अधिवेशन सम्पन्न निर्देशन समितिको काम, कर्तव्य र अधिकारसम्बन्धी विषयमा तयार गरिएको निर्देशिका पारित गरिएको जानकारी गराए ।

काठमाडौं ।

नेपाली काँग्रेसले भ्रातृ संस्थाहरूको अधिवेशन सम्पन्न गर्न बनाइएको निर्देशिका पारित गरेको छ ।

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पदाधिकारी र निर्देशन समितिको संयुक्त बैठकले निर्देशिका पारित गरेको पार्टी प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए ।

उनले भ्रातृ संस्थाहरुको अधिवेशन सम्पन्न निर्देशन समितिको काम, कर्तव्य र अधिकारसम्बन्धी विषयमा तयार गरिएको निर्देशिका पारित गरिएको जानकारी गराए ।

निर्देशिकालाई अन्तिम रुप दिनका लागि भ्रातृ संस्था तथा निर्देशन समितिहरुसँग सुझाव लिइएको उनको भनाइ छ ।

उनले भने, ‘लामो समयसम्म अधिवेशन नभएको तथा अधिवेशन गर्न बाँकी रहेका भ्रातृ संस्थाहरुको बारेमा अधिवेशन गर्नको लागि बनाइएका निर्देशन समितिहरु र पार्टीका पदाधिकारीहरुको संयुक्त बैठक थियो । त्यो संयुक्त बैठकले अधिवेशन सम्पन्न गर्नको लागि निर्देशन समितिले गर्नुपर्ने काम, कर्तव्य र अधिकारसम्बन्धी विषयमा एउटा निर्देशिका तयार भएको छ । त्यो निर्देशिका पार्टी महामन्त्री विश्वप्रकाश शर्मा उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र सहमहामन्त्रीज्युहरुको उपस्थितिमा सबै भ्रातृ संस्थाका अध्यक्ष र निर्देशन समितिहरुलाई राखेर त्यसका बारेमा छलफल भयो । र त्यो छलफलमा केही सुझावहरु प्राप्त गरिसकेपछि निर्देशिका पारित गरेका छौँ ।’

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति २०८२ साउन २८ गते मंगलबार ०९:०८
हजुरको प्रतिक्रिया