काठमाडौं ।
संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ ।
जसअन्तर्गत प्रतिनिधि सभाको बैठक दिउँसो १ बज बस्नेछ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन आ.व. २०८०÷०८१ पेश गर्ने सम्भावित कार्यसूची छ ।
त्यस्तै आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नेछन् ।
बैठकमा सभामुखले नेपाली काँग्रेस पार्टीबाट वि.सं. २०६४ र २०७० सालको संविधान सभामा समानुपातिक सदस्यमा निर्वाचित, प्रजातन्त्र र लोकतन्त्र स्थापना एवं संविधान निर्माणमा अग्रणी भूमिका निर्वाह गरेका पूर्व राज्यमन्त्री खड्गबहादुर वस्याल सार्कीको ७४ वर्षको उमेरमा यही साउन २३ गते असामयिक निधन भएकोमा प्रतिनिधि सभाको बैठकबाट शोक प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि पनि रहेको छ ।
त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ सभा समक्ष पेश गर्ने कार्यसूची छ ।
राष्ट्रियसभामा पनि राष्ट्रियसभा अध्यक्षले पूर्वस्वास्थ्य राज्यमन्त्री एवं संविधान सभाका सदस्य खड्गबहादुर बस्यालको निधनमा शोक प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।
प्रकाशित मिति २०८२ साउन २८ गते मंगलबार ०९:१५




