२०८३ असोज २५ गते आइतबार

चार संसदीय समितिको बैठक आज बस्दै

चार संसदीय समितिको बैठक आज बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २९ गते बुधबार ०९:३२

जसअनुसार बिहान ११ बजे बस्ने अर्थ समितिको बैठक बस्ने छ ।
सो समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि दफावार छलफल हुनेछ ।

काठमाडौं ।

संघीय संसदअन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअनुसार बिहान ११ बजे बस्ने अर्थ समितिको बैठक बस्ने छ ।

सो समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि दफावार छलफल हुनेछ ।

त्यस्तै कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा कैलाली कारागारमा साउन २३ गते भएको घटना, सोको प्रभाव र समस्या समाधानका उपयारबारे गृहमन्त्रीसँग छलफल हुनेछ ।

सो समितिको बैठक बिहान १० बजे बस्दैछ ।

त्यसैगरि बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उपसमितिले गरेका निर्णयहरु सम्बन्धमा छलफल हुनेछ ।

बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

बैठकमा महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदनमा समेटिएका मूलभुत पक्षहरुबारे छलफल हुनेछ ।

प्रकाशित मिति २०८२ साउन २९ गते बुधबार ०९:३२
हजुरको प्रतिक्रिया