२०८३ साउन २१ गते बिहीबार

कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न समिति गठन

कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न समिति गठन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २९ गते बुधबार १२:४७

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानबिन गर्न समिति बनाइएको बताएका छन्। बुधवार कानून, न्याय तथा मानव अधिकार समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। सहायक प्रमुख...

काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानबिन गर्न समिति बनाइएको बताएका छन्।

बुधवार कानून, न्याय तथा मानव अधिकार समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति बनाइएको बताए। छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि सो आधारमा दोषीमाथि कानूनी कारबाही गर्ने र समितिको प्रतिवेदनअनुसार अरु कार्यहरू गर्ने गरी समिति बनाइएको बताए।

समितिले आफ्नो अवधिभित्र प्रतिवेदन दिने बताए। कैलाली कारागारमा भएको झडपमा एक कैदीबन्दीको मृत्यु भएको र ४८ जना घाइते भएको बताए। अस्पतालले रिफर गरेका तीन जनालाई काठमाडौं ल्याइ दुई जनाको ट्रमा सेन्टर र एक जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी दिए। बाँकी ४ जना सेती प्रादेशिक अस्पतालमा उपचारपछि डिस्चार्ज भएर सुरक्षा जोखिम नहुने कारागारमा पठाइएको बताए।

बाँकी ४१ जना हाल सेती प्रादेशिक अस्पतालमा उपचाररत रहेको बताए। मृतक बन्दीको शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा दिइसकेको पनि बताए। कैलाली कारागारमा पुरुष ब्लक ए र ब्लक बी गरी दुई वटामा ६ सय ४३ जना पुरुष र महिला एउटा ब्लक सीमा ४७ जना महिला गरी ७ सय जना बन्दी रहेको बताए। साउन २२ गते राति दुई वटा ब्लक छुट्याउने पर्खाल तोडफोड गरी ब्लक भत्काएर कैदीबन्दीहरू ब्लक बीमा पुगेर त्यहाँका बन्दीहरूलाई कुटपिट गरेको घटना विवरणबाट खुलेको उल्लेख गरे।

कारागरामा बन्दीहरूको आन्तरिक द्वन्द्व भएको सूचना आएपछि द्वन्द्वरत समूहहरूको नेतृत्वकर्ताहरू १७ जना अन्यत्र सरुवा गर्ने, कारागार राख्न नहुने वस्तुहरूको भए, नभएको पत्ता लगाउन दुई पटकसम्म विशेष खानतलासी लिने, प्रमुख जिल्ला अधिकारीबाट कारागार निरीक्षण गरी कारागारमा शान्ति सुरक्षा कायम गर्न बन्दीहरूलाई सम्झाउने लगायतका कार्य भएको बताए।

गृहमन्त्री लेखकले भने, ‘कैलाली कारागारमा मिति २०८२ साउन २२ गते भएको घटनाको बारेमा जानकारीका लागि बोलाउनु भयो । त्यसको लागि सरकारका तर्फबाट सभापतिज्युमार्फत समितिलाई धन्यवाद भन्न चाहन्छु । कैलाली कारागारमा मिति २०८२ यसै महिनाको २२ गते भएको घटनाका बारेमा संक्षिप्तमा केही भन्छु । धनगढी कारागारमा बन्दीहरुबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । ४८ जना घाइते भएका थिए । सो घटनापछि तत्काल घाइतेलाई अस्पताल लगिएको थियो । अस्पतालले रिफर गरेका तीन जनालाई काठमाडौं ल्याइ दुई जनाको ट्रमा सेन्टर र एक जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बाँकी ४ जना सेती प्रादेशिक अस्पतालमा उपचारपछि डिस्चार्ज भएर सुरक्षा जोखिम नहुने कारागारमा पठाइएका छन् । बाँकी ४१ जना हाल सेती प्रादेशिक अस्पतालमा उपचाररत रहनुभएको छ । मृतक बन्दीको शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा दिइसकेको छ । कैलाली कारागारमा पुरुष ब्लक ए र ब्लक बी गरी दुई वटामा ६ सय ४३ जना पुरुष र महिला एउटा ब्लक सीमा ४७ जना महिला गरी ७ सय जना बन्दी रहेकोमा साउन २२ गते राति दुई वटा ब्लक छुट्याउने पर्खाल तोडफोड गरी ब्लक भत्काएर कैदीबन्दीहरु ब्लक बीमा पुगेर त्यहाँका बन्दीहरुलाई कुटपिट गरेको घटना विवरणबाट खुलेको छ । कारागरामा बन्दीहरुको आन्तरिक द्वन्द्व भएको सूचना आएपछि द्वन्द्वरत समूहहरुको नेतृत्वकर्ताहरु १७ जना अन्यत्र सरुवा गर्ने, कारागार राख्न नहुने वस्तुहरुको भए, नभएको पत्ता लगाउन दुई पटकसम्म विशेष खानतलासी लिने, प्रमुख जिल्ला अधिकारीबाट कारागार निरीक्षण गरी कारागारमा शान्ति सुरक्षा कायम गर्न बन्दीहरुलाई सम्झाउने लगायतका कार्य गरिएको छ ।’

गृहमन्त्री लेखकको कारागारको अहिलेको स्थिति सामान्य रहेको र अहिले कुनै समस्या नरहेको जिकिर छ। कारागारमा सुरक्षाकर्मी र प्रशासनको सहज पहुँच रहेको बताए। आगामी दिनमा दुःखद् घटना हुन नदिने कुराको सुरक्षाबाट प्रत्याभुत गरिएको बताए।

आवश्यकताअनुसार सुरक्षाकर्मीको उपस्थिति रहेको बताए। बन्दीका परिवारसँग भेट गराई बन्दीको अहिलेको स्थितिबारे परिवारलाई जानकारी गराइएको पनि बताए। घटनाका बारेमा छानबिन गर्न छानबिन समिति गठन गरिएको र छानबिन समितिको प्रतिवदेन प्राप्त भएपछि दोषीमाथि कानूनी कारबाही हुने बताए।

प्रकाशित मिति २०८२ साउन २९ गते बुधबार १२:४७
हजुरको प्रतिक्रिया