२०८३ कात्तिक ११ गते मंगलबार

मंगलबार थप २० जनाकाे ज्यान गयाे

मंगलबार थप २० जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १५ गते मंगलबार ०६:५६

पाेखरा। पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,११७ पीसीआर परीक्षणमा १ हजार ५२३ र ३ हजार १०५ एन्टीजेन परीक्षणमा १४१ जना गरी कुल १ हजार ६६४ जनामा...

१ हजार ६६४ जनामा संक्रमण पुष्टि

पाेखरा। पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,११७ पीसीआर परीक्षणमा १ हजार ५२३ र ३ हजार १०५ एन्टीजेन परीक्षणमा १४१ जना गरी कुल १ हजार ६६४ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६२ हजार ६४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणका कारण थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ७५० पुगेको छ भने ७ लाख १६ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् । मंगलबार देशभर थप १ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ जना रहेका छन् । जसमध्ये ३३ हजार २१४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ३७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५३७ जना आईसीयू र १६४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ४७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति २०७८ भदौ १५ गते मंगलबार ०६:५६
हजुरको प्रतिक्रिया