२०८३ साउन २१ गते बिहीबार

‘कुलिङ अफ पिरियड’ छेड्खानी : सभापतिले राजीनामा दिएर मात्र पुग्दैन, कानूनी कारबाही होस्ः राप्रपा

‘कुलिङ अफ पिरियड’ छेड्खानी : सभापतिले राजीनामा दिएर मात्र पुग्दैन, कानूनी कारबाही होस्ः राप्रपा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ३० गते बिहीबार ०२:५१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धु्रवबहादुर प्रधानले कुलिङ अफ पिरियड व्यवस्थामाथि छेड्खानी गर्नेलाई कानूनी कारबाहीमा ल्याउन माग गरेका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्...

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धु्रवबहादुर प्रधानले कुलिङ अफ पिरियड व्यवस्थामाथि छेड्खानी गर्नेलाई कानूनी कारबाहीमा ल्याउन माग गरेका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाल राजीनामा दिएर मात्र नपुग्ने बताए ।

उनले भिजिट भिसा दुरुपयोगबारे सरकारले कुनै चासो नदेखाएको आरोप लगाए ।

उनले भिजिट भिसामा गएमा रोजगारी पाइन्छ भनेर जनतामा भ्रम छरेर तस्करी गर्नेहरुलाई कानूनी कारबाही गर्न माग समेत गरे ।

उनले भिजिट भिसाको दुरुपयोग गर्नेलाई कारबाही गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गरे ।

उनले भने, ‘कुलिङ अफ पिरियडको व्यवस्थामा छेड्खानी गर्ने व्यक्तिले राजीनामा दिएर मात्र पुग्ने हो कि होइन रु जसले नियतवस गल्ति गरेको छ उसले सजायको भोगि भएन भने सबै माननीयज्यूहरुले राजीनामा दिनुपर्ने अवस्थाहरु हुन सक्छन् । तैपनि यो सदन अडेको छ, छानविन समिति गठन भयो । प्रतिवेदन आयो र निराकरणको प्रक्रियामा रहेको छ । जुन श्रम मन्त्रालयअन्तर्गतका मेनपावरको जालो छ । जसको कारण गृहमन्त्रालय समेत भिजिट भिसा प्रकरणमा मुछियो । र इमिग्रेसन समेत मुछिएको अवस्था आयो । जो पनि भिजिट भिसामार्फत गएर रोजगारी पाइन्छ भनेर भ्रम छरेर तस्करी गर्नेलाई कानूनी कारबाहीको बारेमा कुनै कुरा भएन । गृहमन्त्रीको राजीनामासँग मात्र यस विषयको सरोकार भएन । हामीले पटक पटक कुरा उठाएका छौं । यसको छानविनको लागि न्यायिक छानविन आयोग गठन गरियोस् । हामी संसदको अपमान नभई सम्मान होस् भन्न चाहेका छौं । तर भाषणमा मात्र समिति राखिन्छ । मुल तस्करलाई कारबाही नगरेसम्म हाम्रो संसद बहिस्कारको क्रम जारी रहन्छ ।’

उनले भिजिट भिसा प्ररणको निष्पक्ष छानविन नभएसम्म आफ्नो पार्टीले संसल बहिस्कार गर्दै जाने समेत बताए ।

प्रकाशित मिति २०८२ साउन ३० गते बिहीबार ०२:५१
हजुरको प्रतिक्रिया