२०८३ असोज २३ गते शुक्रबार

दशाैं राष्ट्रिय खेलकुद कर्णालीमा, ०८१ मंसिर २ देखि ९ गतेसम्म

दशाैं राष्ट्रिय खेलकुद कर्णालीमा, ०८१ मंसिर २ देखि ९ गतेसम्म

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ३ गते बिहीबार ०७:०९

राष्ट्रिय खेलकुद प्रतियोगिताकाे दशौं संस्करण २०८१ साल मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव...

राष्ट्रिय खेलकुद प्रतियोगिताकाे दशौं संस्करण २०८१ साल मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उक्त मिति घाेषणा गरेका हुन् ।

पाेखरामा नवाैं संस्करणकाे बृहत खेलकुद असाेज २८ देखि कात्तिक ३ गतेसम्म भएकाे थियाे। उपराष्ट्रपति नन्दकिशाेर पुनले उद्घाटन गरेकाे नवाैं राष्ट्रिय खेलकुद प्रधानमन्त्री शेरबहादुर देउवाले समापन गरेका हुन् ।

प्रकाशित मिति २०७९ कात्तिक ३ गते बिहीबार ०७:०९
हजुरको प्रतिक्रिया