काठमाडौं ।
नेपाली कांग्रेस सांसद राजन केसीले असुरक्षित हवाई सेवा लिन नेपाल आउनुपर्ने भन्दै टिप्पणी गरेका छन्।
सिंहदरबारमा शुक्रवार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
उनले संसारमा हवाई सेवा यातायात सेवामा सबैभन्दा बढी सुरक्षित हुने भएपनि नेपालमा भने असुरक्षित रहेको बताए।
उनले भने, ‘संसारमा हवाई सेवा सबैभन्दा बढी सुरक्षित यातायात सेवाका रुपमा लिइन्छ । नेपालमा यसको ठ्याक्कै उल्टो भयो । असुरक्षित हवाई सेवा लिनुप¥यो भने नेपाल आउनु जस्तो भयो । यसको के के कारण हुनसक्छ रु त्यो पत्ता लगाउनुपर्छ । यो विधेयकले हवाई सुरक्षामा अत्यन्त राम्रो हुन्छ भन्ने विश्वास छ ।’
नले यसका कारणहरू पत्ता लगाइ समाधान गर्नुपर्ने बताए। उनले अधिकार खोज्ने तर कर्तव्य पूरा नगर्ने परिपाटी नेपालमा रहेको भन्दै यसलाई अन्त्य गर्न जरुरी रहेको बताए। उनले नागरिक उड्डयनसम्बन्धी विधेयकमा समितिले उपसमिति बनाएर हरेक बुँदामा छलफल गर्न जरुरी रहेको बताए।
प्रकाशित मिति २०८२ साउन ३१ गते शुक्रबार ०३:२१




