२०८३ साउन २१ गते बिहीबार

बुधबार थप २० जनाकाे ज्यान गयाे, २ हजार ५२ जनामा संक्रमण पुष्टि

बुधबार थप २० जनाकाे ज्यान गयाे, २ हजार ५२ जनामा संक्रमण पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १६ गते बुधबार ०५:०४

पाेखरा । पछिल्लो २४ घण्टामा देशभर थप २० जनाकाे काेराेना भाइरस संक्रमणका कारण निधन भएकाे छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७७० जना पुगेको छ । याे अवधीमा देशभर थप २ हजार ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...

थप ३ हजार ३० जना संक्रमणमुक्त

पाेखरा । पछिल्लो २४ घण्टामा देशभर थप २० जनाकाे काेराेना भाइरस संक्रमणका कारण निधन भएकाे छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७७० जना पुगेको छ ।

याे अवधीमा देशभर थप २ हजार ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६१२ पीसीआर परीक्षणमा १ हजार ६४८ र ४ हजार ३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २ हजार ०५२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ३० रहेको छ ।

प्रकाशित मिति २०७८ भदौ १६ गते बुधबार ०५:०४
हजुरको प्रतिक्रिया