२०८३ साउन २१ गते बिहीबार

कुलिङ अफ पिरियडमा एमालेले छेडखानी गरेको डा. शेखर कोईरालाको आरोप

कुलिङ अफ पिरियडमा एमालेले छेडखानी गरेको डा. शेखर कोईरालाको आरोप

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १ गते आइतबार ०९:१२

उनले भने, ‘यसमा लुकेको केही छैन, अहिलेसम्म हामीले लुकायौँ अब लुकाउनुपर्ने आवश्यकता छैन । किन छैन भने राष्ट्रिय सभामा एमालेका सांसदहरुले कुलिङ पिरियड हटाउनुपर्छ भनिकन उहाँहरुले संशोधन प्रश्ताव हालिसकेपछि किन त्यस्तो संशोधन हालेको भनेर पत्रकारले सोध्दा हामीलाई माथिको निर्देशन छ भने । एमाले त छलकपट गर्दौ रहेछ । त्यसमा पनि दुई मत छैन ।’

काठमाडौं ।

नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले संघीय निजामति ऐनमा रहेको कुलिङ अफ पिरियडमा छेडखानी गर्ने काम नेकपा एमालेबाट भएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले यसबारेमा अहिलेसम्म कुरा लुकाए पनि अब लुकाउनुपर्ने आवश्यकता नरहेको बताए ।

राष्ट्रिय सभामा एमालेका सांसदहरुले कुलिङ पिरियड हटाउनुपर्छ भनेर संशोधन प्रश्ताव हालेको उनले उल्लेख गरे ।

उनले किन संशोधन हाल्नुभयो ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा एमाले सांसदहरुले माथिको निर्देशन भन्ने जवाफ दिएकाले अब लुकाउनुपर्ने जरुरी नरहेको जिकिर गरे । एमाले छल कपट गर्ने राजनीतिक दल भएको उनको आरोप छ ।

उनले भने, ‘यसमा लुकेको केही छैन, अहिलेसम्म हामीले लुकायौँ अब लुकाउनुपर्ने आवश्यकता छैन । किन छैन भने राष्ट्रिय सभामा एमालेका सांसदहरुले कुलिङ पिरियड हटाउनुपर्छ भनिकन उहाँहरुले संशोधन प्रश्ताव हालिसकेपछि किन त्यस्तो संशोधन हालेको भनेर पत्रकारले सोध्दा हामीलाई माथिको निर्देशन छ भने । एमाले त छलकपट गर्दौ रहेछ । त्यसमा पनि दुई मत छैन ।’

सांसद कोईरालाले देशमा सुशासन किञ्चित मात्रामा पनि नरहेको टिप्पणी गरे ।

देशमा भ्रष्टाचार दिन प्रतिदिन बढेर गएको पनि उनको भनाइ छ ।

प्रकाशित मिति २०८२ भदौ १ गते आइतबार ०९:१२
हजुरको प्रतिक्रिया