२०८३ कात्तिक ११ गते मंगलबार

नेपालको समृद्धिको दिगो आधार पर्यटन होः शंकर पोखरेल

नेपालको समृद्धिको दिगो आधार पर्यटन होः शंकर पोखरेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १ गते आइतबार ०९:१४

कुनैपनि मुलुकको विकासका लागि जनताको जीवनस्तर माथि उठाउनुपर्ने उनको भनाइ छ । अभाव र गरिबीको बीचमा रहेर सम्पदा क्षेत्रहरुको आकर्षण वृद्धि गर्न नसकिने उनले बताए ।

काठमाडौं ।

नेकपा एमाले महासचिव शंकर पोखरेलले नेपालको समृद्धिको दिगो आधार पर्यटन क्षेत्र रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोध गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले नेपालको समृद्धिको आधार पर्यटन रहेको बुझेर संस्कृतिलाई पर्यटनसँग जोड्न जरुरी रहेकोमा जोड दिए ।

कुनैपनि मुलुकको विकासका लागि जनताको जीवनस्तर माथि उठाउनुपर्ने उनको भनाइ छ । अभाव र गरिबीको बीचमा रहेर सम्पदा क्षेत्रहरुको आकर्षण वृद्धि गर्न नसकिने उनले बताए ।

उनले नेपालमा जनताको स्तर माथि उकास्ने कुरा भनेको कृषिको रुपान्तरण नै रहेको पनि जिकिर गरे ।

महासचिव पोखरेलले भने, ‘कुनैपनि मुलुकको विकासका सन्दर्भमा सबैभन्दा पहिलो फाउण्डेशन त नताको जीवनस्तर माथि उठाउने कुरा नै रहेछ । अभाव र गरिबीको बीचमा रहेका जनताको बीचमा रहेका सम्पदा क्षेत्रहरुको आकर्षण वृद्धि गर्न सकिँदैन । सम्पदा क्षेत्रको जीवनस्तर माथि उठाउने कुरा नै मुख्य कुरा रहेछ । जीवनस्तर उठाउन सम्पदाहरुले पनि योगदान गर्दछन्, मुख्य कुरा जीवनस्तर उठाउने कुराबाट जोडिन्छ । जीवनस्तर उठाउनका लागि मुख्य आधार भनेको हाम्रो कृषिको रुपान्तरण नै हो । त्यसअर्थमा कृषिलाई फाउण्डेशन ठान्दछु । त्यसपछि कृषि आधारित उद्यमहरुको विकासको कुरा हो । त्यसपछि जैविक विविधतामा आधारित उद्यमको कुरा हो । हाम्रो समृद्धिको आधारमा के हुन्छ भने पर्यटन नै हुन्छ । नेपालको समृद्धिको दिगो आधार पर्यटन हो भन्ने बुझेर त्यसमा संस्कृतिलाई जोड्नुपर्छ ।’

महासचिव पोखरेलले नपालको पर्यटनको केन्द्रबिन्दु कर्णाली प्रदेश हुने उल्लेख गरे । लुम्बिनी क्षेत्रलाई डिप्लोमेसीको सन्दर्भमा नयाँ आयामका रुपबाट जोड्न सक्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति २०८२ भदौ १ गते आइतबार ०९:१४
हजुरको प्रतिक्रिया