काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सरकारका कदमहरू सुशासनका विरुद्ध रहेको बताएकी छिन्।
जनकपुरमा आइतवार पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्। उनले सरकार सुशासनका विरुद्ध भ्रष्टाचारजन्य, आफ्ना प्रतिद्वन्दीमाथी प्रतिशोध साँध्ने र जनविरोधी कानूनहरू ल्याउनेतिर लागेको आरोप लगाइन्।
उनले सोही अनुरुप भूमीसम्बन्धी विधेयक ल्याएको बताइन्। संघीयताको कार्यन्यवनका निम्ति बनेको संघीय निजामती ऐनमा राखिएको कुलिङ अफ द पिरियडमाथी छेडखानी गरेर सरकारले अहिले पनि त्यसलाई अगाडि बढाउन ढिलाई गरिरहेको उल्लेख गरिन्।
यस्तै शिक्षा विधेयक पनि अड्काएर राखेको उनको आरोप छ। संविधानको मूल मर्मअनुरुप कानून बनाउने, कार्यान्वयन गर्ने, समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेतिर सरकार नभएको उनको जिकिर छ।
उनले भनिन्, ‘सरकारका एकपछि अर्को कदमहरु सुशासनका विरुद्ध भ्रष्टाचारजन्य, आफ्ना प्रतिद्वन्दीमाथी प्रतिसोध साँध्ने, जनविरोधी कानुनहरु ल्याउने । यहाँहरुले सुन्नुभएको छ, भुमीसम्बन्धी विद्येययको । संघियताको कार्यन्यवनका निम्ति बनेको संघीय निजामति ऐनमा कुलिङ अफ द पिरियडमाथी छेडखानी गरेर अहिले पनि त्यसलाई ढिलाई गरिरहेको छ । संघियताको अर्को महत्वपूर्ण शिक्षा विद्येयक त्यो अड्काएको अड्काई छ । संविधानको मूल मर्मअनुरुप कानून बनाउने, कार्यन्वयन गर्ने, समावेशी संघिय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेतिर छैन ।’
उनले माओवादी पार्टीले विचार र कार्यदिशा मिल्ने सबै दलहरूसँग एकता गर्नको लागि वार्ता गरिरहेको पनि जानकारी दिइन्।
एकीकृत समाजवादी, नेत्रविक्रमचन्द नेतृत्वको नेपालकम्युनिष्ट पार्टी, महेन्द्र यावदले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी सबैसँग पार्टी एकताको लागी वार्ता चलिरहेको तर निष्कर्ष आउन बाँकी रहेको उनको भनाई छ। यद्यपि एकताको पक्रिया सकारात्मक रहेको उनले बताइन्।
प्रकाशित मिति २०८२ भदौ १ गते आइतबार ०१:४८




