२०८३ साउन २१ गते बिहीबार

आइटी दैनिक जनजीवनका लागि अपरिहार्यः प्रधानमन्त्री ओली

आइटी दैनिक जनजीवनका लागि अपरिहार्यः प्रधानमन्त्री ओली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २ गते सोमबार ०९:४६

आइटीको प्रयोग देशलाई सुव्यवस्थित बनाउन, समाजलाई सुव्यवस्थित बनाउन, मानव समाजलाई सभ्य, उन्नत बनाउन, देशमा सुशासन अझ सुदृढ गर्न, आइटीको प्रयोग सुशासनको सहयोगी, समाजको सहयोगीका रुपमा, भ्रष्टाचार नियन्त्रणका लागि सहयोगीका रुपमा, जनतालाई सेवा सुविधा पु¥याउने कुरामा सहयोगीका रुपमा आइटीको प्रयोग गर्न जरुरी रहेको उनले उल्लेख गरे ।

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइटी दैनिक जनजीवनका लागि अपरिहार्य भइसकेको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन, २०२५ लाई भर्चुअलरुपमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले मानिसको दैनिक जीवन र दिनचर्याका लागि इन्फरमेसन टेक्नोलोजी अपरिहार्य र आवश्यक भइसकेको बताए । आइटी बिना चल्नै नसक्ने अवस्थामा पुगिसकेको उनको भनाइ छ ।

आइटीको प्रयोग देशलाई सुव्यवस्थित बनाउन, समाजलाई सुव्यवस्थित बनाउन, मानव समाजलाई सभ्य, उन्नत बनाउन, देशमा सुशासन अझ सुदृढ गर्न, आइटीको प्रयोग सुशासनको सहयोगी, समाजको सहयोगीका रुपमा, भ्रष्टाचार नियन्त्रणका लागि सहयोगीका रुपमा, जनतालाई सेवा सुविधा पु¥याउने कुरामा सहयोगीका रुपमा आइटीको प्रयोग गर्न जरुरी रहेको उनले उल्लेख गरे ।

विकासलाई आइटीले तिब्रता दिनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो ।

प्रधानमन्त्री ओलीले भने, ‘आज आइटी, सुशासन, विकासका लागि, मानिसको दैनिक जीवन र दिनचर्याका लागि सबै कुराहरुका लागि यो टेक्नोलोजी, इन्फरमेसन टेक्नोलोजी अपरिहार्य र आवश्यक भइसकेको छ । हामी आइटी बिना चल्नै नसक्ने अवस्थामा पुगिसकेका छौँ । आज हामी आईटीलाई मुख्य रुपमा आइटीको प्रयोग देशलाई सुव्यवस्थित बनाउन, समाजलाई सुव्यवस्थित बनाउन, मानव समाजलाई सभ्य, उन्नत बनाउन, देशमा सुशासन अझ सुदृढ गर्न, आइटीको प्रयोग सुशासनको सहयोगी, समाजको सहयोगीका रुपमा, भ्रष्टाचार नियन्त्रणका लागि सहयोगीका रुपमा, जनतालाई सेवा सुविधा पु¥याउने कुरामा सहयोगीका रुपमा आइटीको प्रयोग गर्न जरुरी छ । आइटी अनिवार्य आवश्यकता बनेको छ । हाम्रो विकासलाई आइटीले तिब्रता दिनुपर्छ ।’

प्रधानमन्त्री ओलीले इन्फरमेसन टेक्नोलोजीलाई मध्यनजर राखेर सरकारले आइटीलाई डिजिटल नेपालको नाराका साथ अघि बढाएको जिकिर गरे ।

प्रकाशित मिति २०८२ भदौ २ गते सोमबार ०९:४६
हजुरको प्रतिक्रिया