२०८३ साउन २१ गते बिहीबार

उपसभामुख हटाउने कुरा गलत छ, हामी विरोध गर्छौंः अध्यक्ष दाहाल

उपसभामुख हटाउने कुरा गलत छ, हामी विरोध गर्छौंः अध्यक्ष दाहाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ३ गते मंगलबार ०२:४९

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानालाई हटाउने कुरा गलत रहेको बताएका छन् । सचिवालय बैठकपछि पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका...

काठमाण्डौ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानालाई हटाउने कुरा गलत रहेको बताएका छन् ।

सचिवालय बैठकपछि पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पहिलादेखि नै सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले उपसभामुखलाई हटाउने प्रयास गरेको तर अहिले हस्ताक्षर नै गरिरहेको भन्दै यो गल्ती नगर्न आग्रह गरे ।

सरकार बनेदेखि नै गल्ती भइरहेको उनको आरोप छ । आदिवासी, जनजाति महिला सामाजिक सेवा गर्ने, बालबच्चाको हेरचाह गर्ने, अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त महिलालाई हटाउने कसरत गलत भएको उनको भनाइ छ ।

उनले, ‘उहाँहरुको उपसभामुख हटाउने कुरा धेरै पहिलादेखिको हो । तर त्यो गलत गर्दै हुनुहुन्छ । गल्ती गरी नै रहनुभएको छ । यो सरकार बनेदेखि नै गल्ती त गरिरहनुभएको छ । एउटा महिला, आदिवासी, जनजाति महिला सामाजिक सेवा गर्ने, बालबच्चाको हेरचाह गर्ने, अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त महिलालाई हटाउने कसरत गलत छ । यसको हामी विरोध गर्छौं । उहाँले गरेको भन्ने केही प्रमाण छैन, खालि त्यो कपोकल्पित हो ।’

अध्यक्ष दाहालले उपसभामुखविरुद्ध कुनै नराम्रो काम गरेको प्रमाण नरहेको बताए ।

उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदुतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ । यसअघि पनि रानामाथि हटाउने तयारी भएको थियो । तर विरोध भएका कारण यो प्रक्रिया अघि बढेको थिएन ।

प्रकाशित मिति २०८२ भदौ ३ गते मंगलबार ०२:४९
हजुरको प्रतिक्रिया