२०८३ असोज २५ गते आइतबार

जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सिमित हुँदैनः सभामुख घिमिरे

जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सिमित हुँदैनः सभामुख घिमिरे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ३ गते मंगलबार ०३:५८

काठमाडौँ । सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सीमित नरहने बताएका छन्। हिन्दुकुश हिमालय संसदीय सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कुनै एक देशले मात्रै जलवायु परिवर्तनको...

काठमाडौँ ।

सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सीमित नरहने बताएका छन्।

हिन्दुकुश हिमालय संसदीय सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कुनै एक देशले मात्रै जलवायु परिवर्तनको समस्या समाधान गर्न नसक्ने बताए। उनले जलवायु परिवर्तनको समस्या समाधान गर्न सबैको साझा प्रयत्न आवश्यक रहेको बताए।

उनले यो काम मूलतः सरकारको भए पनि विधायनका हैसियतमा धेरै काम गर्न सकिने बताए। सांसदहरू वैज्ञानिक नभए पनि जलवायु अनुकूलनका लागि बजेट पारित गर्न सक्ने र इन्जिनियर नभए पनि इकोसिस्टम बनाउने र कार्बन उत्सजर्न नियमन गर्ने कानूनको डिजाइन गर्नसक्ने बताए।

सांसदहरूले किसान, मछुवारका लागि आवाज उठाउन सक्ने, जागरण पैदा गर्नसक्ने, विषाक्त वायुमा श्वास लिन बाध्य बालबालिकाको चित्कार, एक गाग्री पिउने पानीका लागि बिहानै कोशौँ दूरी तय गर्नुपर्ने मानिसको पीडा कम गर्नसक्ने बताए।

सभामुख घिमिरेले भने, ‘यो काम मूलतः सरकारको हो तर हामी सांसदहरु वैज्ञानिक नहौँला, तर जलवायु अनुकूलनका लागि बजेट पारित गर्न सक्छौँ। हामी सांसदहरू इन्जिनियर नहौँला तर हामी इकोसिस्टम बनाउने र कार्बन उत्सजर्न नियमन बनाउने कानूनको डिजाइन गर्नसक्छौँ।’

सभामुख घिमिरेले वन जंगल र हिमताल जोगाउने कानून पारित गर्न आह्वान गरे।

प्रकाशित मिति २०८२ भदौ ३ गते मंगलबार ०३:५८
हजुरको प्रतिक्रिया