२०८३ असोज २५ गते आइतबार

चार संसदीय समितिको बैठक आज बस्दै

चार संसदीय समितिको बैठक आज बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ४ गते बुधबार ०९:४१

बैठकमा ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रश्ताव कार्यान्वयनका सम्बन्धमा मन्त्रीसँग छलफल हुनेछ ।

काठमाडौं ।

संघीय संसदअन्तर्गत आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत बिहान ११ बजे बस्ने अर्थ समितिको बैठक बस्दैछ ।

बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको पारित प्रतिवेदनमाथि थप छलफल हुनेछ ।

त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ ।

सो समितिको बैठकमा ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रश्ताव कार्यान्वयनका सम्बन्धमा मन्त्रीसँग छलफल हुनेछ ।

त्यस्तै मध्यान्ह सवा १२ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

यता बिहान ८ बजे बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा कानूनविद्हरूसँग छलफल हुँदैछ ।

प्रकाशित मिति २०८२ भदौ ४ गते बुधबार ०९:४१
हजुरको प्रतिक्रिया