२०८३ साउन २१ गते बिहीबार

उपसभामुख हटाउने काँग्रेस–एमालकोे प्रयासप्रति रास्वपाको आपत्ति

उपसभामुख हटाउने काँग्रेस–एमालकोे प्रयासप्रति रास्वपाको आपत्ति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ४ गते बुधबार ०२:५३

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सत्ता गठबन्धनको तयारीपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदमा झन् आक्रामक देखिएको छ। बुधबारको प्रतिनिधिसभामा रास्वपा प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख हटाउन खोज्नु...

काठमाडौं ।

उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सत्ता गठबन्धनको तयारीपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदमा झन् आक्रामक देखिएको छ।

बुधबारको प्रतिनिधिसभामा रास्वपा प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख हटाउन खोज्नु लोकतन्त्रमाथिकै गम्भीर खतरा भएको भन्दै आक्रोश पोखे।

सांसद परियारले उपसभामुख रानामगर अन्तर्राष्ट्रियस्तरमा परिचित व्यक्तित्व भएको भन्दै जति उफ्रेपनि उनको ठाउँमा नपुग्ने भन्दै कांग्रेस एमाले सांसदमाथि कटाक्ष गरे। ‘हिजो बालुवाटार र सिहंदबरामा जुन प्रहसन भयो। यसले सदनलाई चोट पुर्याएको छ। सार्वभौम सांसदको जिम्मेवार पद उपसभामुखलाई जुन तहको अवमूल्यन भएको छ, यो लोकतन्त्रका लागि ठूलो अपमान हो’, उनले भने, ‘एउटा जनजाति महिला, रास्वपाले उहाँलाई सम्मान गर्दै, उहाँले अन्तर्राष्टिय स्तरमा पाउनुभएको सम्मानलाई सम्मान गर्दै यो सभामा भित्र्याएको हो। अन्तर्राष्ट्रिय स्तरमा उहाँले जुन पनि सम्मान पाउनुभएको छ, त्यत्ति तपाईँहरू जति उफ्रे पनि पुग्नुहुन्न।’

साथै उनले सांसदको विवेकलाई हस्ताक्षरमा परिणत गरेर आफूले चाहेको बेला राजनीतिक स्वार्थ पूर्तिका लागि प्रयोग गरिएकोमा पनि उनले आपत्ति जनाए।

प्रमुख सचेतक परियारले भने, ‘सांसदको विवेकलाई बन्दी नबनाऔँ। सांसदको विवेकलाई हस्ताक्षरमा परिणत गरेर जुन बेला पायो त्यही बेला राजनीतिक स्वार्थ पूर्ति गर्ने मुद्दा नबनाऔं।’

प्रकाशित मिति २०८२ भदौ ४ गते बुधबार ०२:५३
हजुरको प्रतिक्रिया