२०८३ साउन २१ गते बिहीबार

नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावादको नारा सबैभन्दा शक्तिशाली बन्योः घनश्याम भुसाल

नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावादको नारा सबैभन्दा शक्तिशाली बन्योः घनश्याम भुसाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ४ गते बुधबार ०४:३४

काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले अहिले नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावादको नारा सबैभन्दा शक्तिशाली राजनीतिक प्रचारका रुपमा उदाएको बताएका छन्। बुधवार काठमाडौंमा स्व। प्रदीप गिरीको...

काठमाण्डौ ।

नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले अहिले नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावादको नारा सबैभन्दा शक्तिशाली राजनीतिक प्रचारका रुपमा उदाएको बताएका छन्।

बुधवार काठमाडौंमा स्व। प्रदीप गिरीको स्मृतिसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावाद भन्ने कुराले कुनै नयाँ गन्तव्यमा पुर्‍याउन नसक्ने जिकिर गरे।

उनले पुरानाहरूले पनि रैथाने भ्रष्ट जिन्दवाद, खानदानी भ्रष्ट जिन्दवाद भन्ने स्थितिमा रहेको बताए।

उनले भने, ‘आज कस्तो नारा पपुलर भइरहेको छ भने नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावाद भन्ने छ । सबैभन्दा शक्तिशाली अहिलेको राजनीतिक प्रचारको नारा नयाँ भ्रष्टा जिन्दवाद हो । हामी पुरानाहरु रैथाने भ्रष्ट जिन्दवाद भन्न खोजेको हो की रु हामी पुराना हौँ । खानदानी भ्रष्ट जिन्दवाद भन्नुपर्ने जस्तो अर्को तर्क हरायो । मुलुकमा तर्क छैन । शहरमा तर्क छैन । राजनीतिमा तर्क हरायो । यस्ता तर्कले काम गरेर मुलुक विभाजित भएको छ । पहिलेदेखि देश विदेश चिनेका ठूलाठूला नेताहरु जानेका र पुरानाहरु नै ठिक छ वा नयाँ ठिक छ । आचरण र निष्ठाको कुरा गर्दा के फरक भयो रु’

देशमा तर्क हराएको उनको भनाइ छ।

प्रकाशित मिति २०८२ भदौ ४ गते बुधबार ०४:३४
हजुरको प्रतिक्रिया