पोखरा ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले लिपुलेक, लिम्पियाधुराको समस्या डिप्लोमेटिक डाइलगको माध्यमबाट समाधान गर्ने बताएका छन् ।
प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता गुरुङले लडाई गरेर भूमि प्राप्त गर्ने कल्पना नगरेको बताएका हुन् ।
उनले उक्त भूमि नेपालकै भएको उल्लेख गरे । भारत र चीनबीच नेपालको पूर्वसहमति र परामर्श बिना लिपुलेक नाकालाई दुई देशबीचको व्यापारिक प्रयोजनका लागि सञ्चालन गर्ने भनी गरिएको सम्झौता गरेपछि नेपालमा त्यसको विरोध हुँदै आएको छ ।
सरकारका प्रवक्ता गुरुङले लिपुलेक, लिम्पियाधुरा नेपालकै भूमि भएकाले त्यसबाट पछि नहट्ने अठोट गरे । गुरुङले उपसभामुख इन्दिरा रानालाई हटाउने विषय असत्य भएको बताए । उपसभामुख हटाउने विषयमा ज्यादा हल्ला फैलाइएको उनको भनाइ छ ।
गठबन्धनमा आबद्ध दलले उपसभामुख पद माग गरे सरकारसँगै राजनीतिक स्थायित्वका लागि दिनुपर्ने उनले तर्क गरे ।
प्रकाशित मिति २०८२ भदौ ६ गते शुक्रबार ०२:१२