२०८३ साउन २१ गते बिहीबार

औपचारिक क्षेत्रका २१ हजार बढी रोजगाराता र ६ लाख १३ हजार श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध

औपचारिक क्षेत्रका २१ हजार बढी रोजगाराता र ६ लाख १३ हजार श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ६ गते शुक्रबार ०४:०१

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले हालसम्म ६ लाखभन्दा बढी श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेको जानकारी दिएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा...

काठमाडौ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले हालसम्म ६ लाखभन्दा बढी श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेको जानकारी दिएका छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् ।
उनकाअनुसार औपचारिक क्षेत्रका २१ हजार ३ सय ९२ रोजगारदाता तथा करिव ६ लाख १३ हजार ७१८ श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् ।
उनले स्थानीय तहसँगको सहकार्यमा अनौपचारिक क्षेत्रका ७७६ श्रमिक र ४७६ स्वरोजगार व्यक्ति समेत कोषमा आवद्ध भइसकेको जानकारी दिए ।
उनले हालसम्म १८ लाख ३५ हजार ६ सय ४ जना वैदेशिक रोजगारीमा जाने श्रमिक कोषमा आवद्ध भइसकेको उल्लेख गर्दै सामाजिक सुरक्षा कोषलाई सबै श्रमिकका लागि अनिवार्य बनाउने लक्ष्य सरकारको स्पष्ट पारे ।
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आवद्ध हुने व्यवस्था सरकारले गरेको स्पष्ट गर्दै यसले वैदेशिक रोजगारी सुरक्षित हुनुका साथै श्रमिकका परिवारलाई समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘हालसम्म औपचारिक क्षेत्रका २१ हजार ३ सय ९२ रोजगारदाताहरु सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेका छन् । र औपचारिक क्षेत्रमा करिव ६ लाख १३ हजार ७ सय १८ जना श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । हामीले स्थानीय तहसँगको सहकार्यमा अनौपचारिक क्षेत्रका सात सय ७७६ जनालाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौं । ४७६ जना स्वरोजगारमा रहेका व्यक्तिहरु समेत सामाजिक सुरक्षा कोषमा आवद्ध छन् । हालसम्म कोषमा १८ लाख ३५ हजार ६ सय ४ जना वैदेशिक रोजगारीमा जाने श्रमिकहरु दर्ता हुनु भएको छ । सामाजिक सुरक्षा कोषमा अनिवार्य दर्ता गराउने उद्देश्यले नेपाल सरकारले कार्य अगाडि बढाएको छ । अगामी दिनमा हामी अनौपचारिक क्षेत्रमा समेत नियमन गर्ने छौं । जसले थप श्रमिकहरु कोषमा आवद्ध हुनेछन् भन्ने विश्वास व्यक्त गरेका छौं । सबै श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सहयोग गरिदिन सबैलाई आर्थिक आग्रह पनि गर्दछौं । नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आवद्ध गरेको छ ।’
उनले आन्तरिक रोजगारीको सिर्जना गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको पनि बताए ।
उनले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन साथै सबै प्रकारका श्रमिकलाई सामजिक सुरक्षा कोषमा आवद्ध गराउन सहयोग गर्न सबैसँग आग्रह समेत गरे ।

 

प्रकाशित मिति २०८२ भदौ ६ गते शुक्रबार ०४:०१
हजुरको प्रतिक्रिया