२०८३ साउन २१ गते बिहीबार

सौतेनी र आफ्नो छोरा भनी अंशमा विभेद गर्न नपाइने

सौतेनी र आफ्नो छोरा भनी अंशमा विभेद गर्न नपाइने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ७ गते शनिबार ०९:४६

सर्वोच्च अदालतको पूर्ण पाठमा भनिएको छ, ‘बाबुआमाले जुनसुकै स्रोतबाट प्राप्त गरेको सम्पत्ति छोराछोरीको लागि पैतृक सरह हुने र सौतेनी आमाले बकस पत्र दाइजो जुनसुकै माध्यमबाट प्राप्त गरेको सम्पत्ति आफ्नो छोराछोरीलाई पैतृक हुने छ ।’

काठमाडौं ।

सर्वोच्च अदालतको व्याख्या अनुसार अब बाबु आमा र सौतेनी आमाले कमाएको सम्पत्तिमा छोरासरह हक लाग्ने भएको छ ।

न्यायाधीशहरू नहकुल सुवेदी, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको पूर्ण इजलासले सौतेनी आमा र अर्कोपट्टिबाट जन्मेको छोराको हकबारे विस्तृत व्याख्या गरेको हो ।

२०८१ सालको चैतमा भएको फैसलाको पूर्ण पाठ सर्वोच्चले हालै सार्वजनिक गर्दै सौतेनी र आफ्नो छोरा भनी अंशमा विभेद गर्न नपाउने व्याख्या गरेको हो ।

कानूनले अंशबन्डाको प्रयोजनको लागि आमा वा छोराछोरीलाई र सौतेनी आमा वा सौतेनी छोराछोरीलाई समान अर्थमा लिएको सर्वोच्चको व्याख्यामा उल्लेख छ ।

सर्वोच्च अदालतको पूर्ण पाठमा भनिएको छ, ‘बाबुआमाले जुनसुकै स्रोतबाट प्राप्त गरेको सम्पत्ति छोराछोरीको लागि पैतृक सरह हुने र सौतेनी आमाले बकस पत्र दाइजो जुनसुकै माध्यमबाट प्राप्त गरेको सम्पत्ति आफ्नो छोराछोरीलाई पैतृक हुने छ ।’

अंश धन अन्तर्गतको सम्पत्ति आफ्नो उदरतर्फको छोरालाई मात्र पैतृक सरह हुने र सौतेनी छोराको हकमा हुन सक्दैन भनी व्याख्या गर्नु न्यायोचित तथा उल्लिखित कानूनी व्यवस्थाको मर्म र भावना अनुकूल हुने नदेखिने फैसलाको पूर्ण पाठमा उल्लेख छ ।

प्रकाशित मिति २०८२ भदौ ७ गते शनिबार ०९:४६
हजुरको प्रतिक्रिया