२०८३ साउन २१ गते बिहीबार

डा.बाबुराम भट्टराई भन्छन् : ‘ नयाँ विचारसहितको नयाँ पुस्ता आवश्यक छ’

डा.बाबुराम भट्टराई भन्छन् : ‘ नयाँ विचारसहितको नयाँ पुस्ता आवश्यक छ’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ८ गते आइतबार ०९:०८

अहिले बहस वैचारिक ढंगले भन्दा व्यक्ति केन्द्रित भइरहेको उनले बताए । पुस्तान्तरण हुन जरुरी रहेको तर विचारसहितको पुस्तान्तरण आजको आवश्यकता भएको उनको भनाइ छ ।

काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले बहसलाई वैचारिश ढंगबाट अघि बढाउन जरुरी रहेको बताए ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अहिले बहस वैचारिक ढंगले भन्दा व्यक्ति केन्द्रित भइरहेको उनले बताए ।

पुस्तान्तरण हुन जरुरी रहेको तर विचारसहितको पुस्तान्तरण आजको आवश्यकता भएको उनको भनाइ छ ।

पुस्तान्तरण मात्रै भन्दा राजावादीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहका नातीलाई अघि सारेको पनि उनले उल्लेख गरे ।

उनका अनुसार नयाँ विचारसहितको नयाँ पुस्ता आवश्यक छ । विविधतायुक्त, आर्थिक, सामाजिक अवस्थालाई माथि उकास्ने गरी अघि बढ्न जरुरी रहेको उनले जिकिर गरे ।

उनले भने, ‘बहसलाई वैचारिक ढंगले अघि बढाउनुस्, व्यक्ति केन्द्रित बढी भइरहेको छ । पुस्तान्तरण हुनु त पर्छत तर विचारसहितको पुस्तान्तरण हुनुपर्छ । पुस्तान्तरण भन्दा राजावादीहरुले समाति हाले नातीलाई त लगेर घुमाए नि जुम्लामा गएर । त्यो पुस्तान्तरण गरे उनीहरुले । तपार्ईंहरुको तर्क त्यही कारण हुँदैन । कुरामात्रै गरेर हुँदैन । नयाँ विचारसहितको नयाँ पुस्ता आवश्यक छ । नेपाल जस्तो देशमा धेरै विविधतायुक्त, आर्थिक, सामाजिक रुपमा पछाडि परेको । भूराजनीतिक रुपबाट चेपुवामा परेको । अहिले देखिहाल्नुभयो, लिपुलेक प्रकरण । सम्पूर्ण देशलाई एकतावद्ध राख्न, छिटो आर्थिक विकास गर्न र सबैलाई न्यायको प्रत्याभुति गराउन अलिकति लेफ्टर्स सेन्टर डेमोक्रेटिक फोर्स चाहिन्छ ।’

अध्यक्ष भट्टराईले वैचारिक राजनीतिक शक्तिको विकल्प नरहेको पनि प्रष्ट पारे ।

प्रकाशित मिति २०८२ भदौ ८ गते आइतबार ०९:०८
हजुरको प्रतिक्रिया