२०८३ साउन २१ गते बिहीबार

नामको लोकतन्त्रले देश विकास हुँदैन : सुरेन्द्र पाण्डे

नामको लोकतन्त्रले देश विकास हुँदैन : सुरेन्द्र पाण्डे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ८ गते आइतबार ०९:०९

कम्युनिष्ट पार्टीभित्र पनि तानाशाही र निरंकुशता हावी रहेको भन्दै उनले यसकाविरुद्ध लडिरहेको उदाहरण देखिरहेको बताए । पीडितको जमघटले समाज परिवर्तन गर्न नसकिने उनको भनाइ छ ।

काठमाडौं ।

नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले नामको लोकतन्त्रले देश विकास नहुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

देश विकास गर्न नेतृत्वमा निर्भर रहने उनले बताए । कतै देश विकास तानाशाहीहरुबाट भएको उदाहरण दिँदै लोकतन्त्रले मात्रै देश विकास हुन्छ भन्ने सोच्न नहुने उनले उल्लेख गरे ।

कम्युनिष्ट पार्टीभित्र पनि तानाशाही र निरंकुशता हावी रहेको भन्दै उनले यसकाविरुद्ध लडिरहेको उदाहरण देखिरहेको बताए । पीडितको जमघटले समाज परिवर्तन गर्न नसकिने उनको भनाइ छ ।

उनले भने, ‘यहाँ कतिपयले भन्नुभयो, लोकतन्त्रले देश विकास हुन्छ । मलाई कहिले कहीँ लाग्छ त्यसले मात्रै उत्तर पाइँदैन की भन्ने लाग्छ । दक्षिण कोरियामा तानाशाही शासनबाट देश परिवर्तन गरेर मरे । कहिले तानाशाही सकारात्मक भएर आउँछ, कहिले नकारात्मक छ । संसारमा एउटै अनुभव छैन । कम्युनिष्ट पार्टीभित्र पनि तानाशाही र निरंकुशता छ, यसमा लड्दै आएको छ । यो सबै पीडितहरुको मात्रै जमघट जस्तो लाग्यो । पीडितको जमघटले समाज परिवर्तन हुँदैन ।’

उपाध्यक्ष पाण्डेले युवाहरुको बीचमा गएर बहस र संगठित गरेर मात्रै देशलाई नयाँ शिराबाट अघि बढाउन सकिने तर्क गरे ।

विश्वविद्यालयहरु पहिला असल नेता निर्माण गर्ने केन्द्र भएको बताए । अहिलेका युवा नेता देखेपछि मानिसहरु भाग्ने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति २०८२ भदौ ८ गते आइतबार ०९:०९
हजुरको प्रतिक्रिया