२०८३ असोज २५ गते आइतबार

संविधान असफल भयो भने देशमा अकल्पनीय द्वन्द्व शुरु हुन्छः गृहमन्त्री

संविधान असफल भयो भने देशमा अकल्पनीय द्वन्द्व शुरु हुन्छः गृहमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ८ गते आइतबार १२:२९

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानलाई असफल बनाउने छुट कसैलाई पनि नभएको बताएका छन्। आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यो संविधान असफल भयो भने देशमा अकल्पनीय द्वन्द्व शुरु हुने बताएका हुन्। संविधान...

काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले संविधानलाई असफल बनाउने छुट कसैलाई पनि नभएको बताएका छन्।

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यो संविधान असफल भयो भने देशमा अकल्पनीय द्वन्द्व शुरु हुने बताएका हुन्। संविधान निर्माणको लागि २० वर्ष लागेको उनले स्मरण समेत गरे।

यो संविधान असफल भए अर्को २० वर्षमा पनि संविधान बनाउन नसक्ने उनको दाबी छ। त्यसको लक्षण पनि देखिन थालेको उनले बताए। संविधानको रक्षा, यसको सुदृढीकरण, समयसापेक्ष संशोधन आजको आवश्यकता भएको उनको भनाई छ। समय र समाजको विकासको गतिअनुसार संविधानलाई पनि उन्नत, परिवर्तन र परिमार्जन गर्नुपर्ने उनले बताए।

समयसापेक्ष संविधान संशोधनको लागी वर्तमान सरकार गठनको बेला कांग्रेस र एमालेले सहमति गरेको पनि उनले उल्लेख गरे। तर सरकार बनेको एक वर्षमा पनि संविधान संशोधनको कार्य प्रारम्भ गर्न नसेकेको उनले स्वीकार गरे।

उनले भने, ‘एउटा संविधान निर्माणको लागि २० वर्ष लाग्दो रहेछ । यो संविधानको असफलतापछि मुलुकमा उत्पन्न हुने द्वन्द्व, आज हामी द्वन्द्वको कुरा गर्दैछौँ, आजको द्वन्द्वको नेचर कस्तो छ, भने हामी संघियतामा छौँ । दुई पालिकाका बीचमा प्राकृतिक स्रोतका लागी द्वन्द छ । अधिकारको बाँडफाँडको लागी द्वन्द्व भइरहेको छ, आजको द्वन्द्व । तर यदी संविधान असफल भयो भने अकल्पनिय द्वन्द्वहरु यो देशमा शुरु हुन्छ । जसले अब २० वर्षमा पनि संविधान बनाउनसक्ने स्थिति हुँदैन । ती कुराहरु तपाईहरुले यदाकदा लक्षणहरु देख्नुभएको छ होला । त्यसकारण संविधानको रक्षा, यसाको सुदृढीकरण, समयसापेक्ष संशोधन पनि म भन्न चाहन्छु । यही संविधानलाई बचाइराख्न पर्छ तर समयसापेक्ष यसमा परिमार्जन र यसलाई उन्नत गर्दै समय जुन गतिमा विकास, समाज जुन गतिमा विकास भइरहेको छ । संविधानलाई पनि त्यहि गतिमा उन्नत र परिवर्तन परिमार्जन गर्ने प्रक्रियाकामार्फत । त्यसकारण हामीले अहिलेको सरकार, अहिलेको समिकरण निर्माण हुनुभन्दा पहिला एक नम्बरमा हामीले संविधानको सार्थक संशोधन को विषय उठाएको हो । हालकी एक वर्ष भइसक्यो हामी त्यतातिर अलि परिणाममुखी ढंगले प्रवेश गर्न पाएका छैनौँ । त्यो सत्य हो, त्यो हाम्रो कमजोरी हो । तर संविधानको समयसापक्ष संशोधन र यो संविधानको सुरक्षा यो आवश्यक छ ।’

संविधानको समयसापेक्ष संशोधन र सुरक्षा आवश्यक रहेको उनको भनाई छ। अहिलेको संविधानमा कतिपयले प्रश्न उठाउने गरेको उल्लेख गर्दै उनले त्यो पनि जायज रहेको बताए। यो संविधानमा कतिपय कुराहरू समेट्न खोज्दाखोज्दै पनि नसकिएको उनको भनाई छ।

प्रकाशित मिति २०८२ भदौ ८ गते आइतबार १२:२९
हजुरको प्रतिक्रिया