२०८३ साउन २१ गते बिहीबार

संसदीय सुनुवाइ समितिको सभापतिबाट न्यौपानेको राजीनामा

संसदीय सुनुवाइ समितिको सभापतिबाट न्यौपानेको राजीनामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १० गते मंगलबार ०३:२२

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले संसदीय सुनुवाइ समितिको सभापति पदबाट सभामुखसमक्ष राजीनामा दिएकी छन्। राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दिन यसअघि रहेको संसदीय सुनुवाइ समितिको सभापतिबाट...

काठमाडौँ ।

नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले संसदीय सुनुवाइ समितिको सभापति पदबाट सभामुखसमक्ष राजीनामा दिएकी छन्। राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दिन यसअघि रहेको संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी हुन्।
राज्य व्यवस्था समितिको सभापति निर्वाचन आज हुँदै छ। आजै ४ बजेसम्म उम्मेदवारी दिने कार्यसूची छ। कांग्रेसका तर्फबाट उक्त समिति सभापति रहेका रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकमा चलखेल गरेपछि राजीनामा दिएका थिए।

प्रकाशित मिति २०८२ भदौ १० गते मंगलबार ०३:२२
हजुरको प्रतिक्रिया