२०८३ साउन २१ गते बिहीबार

राज्य व्यवस्था समिति सभापतिमा ईश्वरीदेवी न्यौपाने सर्वसम्मत

राज्य व्यवस्था समिति सभापतिमा ईश्वरीदेवी न्यौपाने सर्वसम्मत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १० गते मंगलबार ०४:४१

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने सर्वसम्मत भएकी छन् । यद्यपि, उनी सभापतिमा निर्वाचित भएको घोषणा हुन बाँकी छ । समितिका तत्कालीन सभाति रामहरि खतिवडाले राजीनामा...

काठमाडौं ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने सर्वसम्मत भएकी छन् । यद्यपि, उनी सभापतिमा निर्वाचित भएको घोषणा हुन बाँकी छ । समितिका तत्कालीन सभाति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त पदमा आज उम्मेदवारी दर्ताको तालिका थियो । दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तय भएको थियो ।
निर्धारित समयमा न्यौपानेको एकल उम्मेदवारी परेको प्रतिनिधि सभाका सचिव हर्कराज राइले जानकारी दिएका छन् । योसँगै न्यौपाने सभापतिमा सवर्मसम्मत भएकी हुन् । राज्य व्यवस्था समितिको बैठक भोलि दिउँसो ३ बजे बस्दैछ । जहाँ न्यौपाने सभापतिमा सर्वसम्मत भएको घोषणा हुनेछ ।

प्रकाशित मिति २०८२ भदौ १० गते मंगलबार ०४:४१
हजुरको प्रतिक्रिया