लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं. ३० कार्यालयको आयोजना तथा टोल विकास संस्था समन्वय समितिको संयोजनमा लेखनाथमा भएको प्रथम खुल्ला तीज गीत प्रतियोगिता २०८२ मा कालिका दिदी वहिनी महिला समुह पोखरा ३२ प्रथम भएको छ ।
प्रतियोगितामा समाज कल्याण महिला समुह पोेखरा–३० द्वितीय र तृतीयमा आर्दश दिदी बहिनी महिला समुह र सहनशिलाता महिला समुह मोहरीया–३० सान्तोनामा भएका छन् ।
यसैगरी उत्कृष्ट भेषभुषामा चेतनशिल महिला समुह र सत्तरी खानेपानी टंकी टोल विकास संस्था उत्कृष्ट नृत्य भएका छन् ।
कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका हजारौ महिला दिदी बहिनीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीले क्रमशः नगद पुरस्कार २० हजार, १५ हजार, १० हजार र ५ हजारे नगद सहित प्रमाण पत्र प्रदान गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीले यस किसिमका कार्यक्रमले तीजको अवसरमा महिलाहरूबीच आपसी भेटघाट, आत्मीयता र सांस्कृतिक मूल्यको सम्मान, महिलाबीच एकता,
सांस्कृतिक परम्परा र सामाजिक सद्भाव मजबुत हुने विश्वास व्यक्त गरे ।
प्रतियोगिताको निर्णायकमा कृष्ण माया तिवारी, भिष्मराज बास्तोला र कविराज खनाल रहेका थिए ।
प्रतियोगितमा महिला दिदीबैनीहरु, टोल समुह, कृषि सन्जाल समुहका करिव २४ टिम सहभागिता रहेको थियो ।
प्रकाशित मिति २०८२ भदौ ११ गते बुधबार ०९:५४




