२०८३ असोज २५ गते आइतबार

तीन संसदीय समितिको बैठक आज बस्दै

तीन संसदीय समितिको बैठक आज बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ११ गते बुधबार १०:१९

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
सो समितिको बैठकमा समितिका सभापतिको निर्वाचनको प्रक्रिया अगाडि बढाउने कार्यक्रम छ ।

काठमाडौं ।

संघीय संसदअन्तर्गत आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१÷२०८२ सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

सो समितिको बैठकमा समितिका सभापतिको निर्वाचनको प्रक्रिया अगाडि बढाउने कार्यक्रम छ ।

प्रकाशित मिति २०८२ भदौ ११ गते बुधबार १०:१९
हजुरको प्रतिक्रिया