२०८३ साउन २१ गते बिहीबार

आज गणेश चतुर्थी, भगवान गणेशको पूजा आराधना गरि मनाइँदै

आज गणेश चतुर्थी, भगवान गणेशको पूजा आराधना गरि मनाइँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ११ गते बुधबार १०:३३

भगवान् गणेश सबै काममा बिघ्न हटाउने अर्थात् बिघ्नहर्ताका रूपमा पुजिन्छन् । हिन्दूधर्ममा गरिने सम्पूर्ण पूजाआराधनामा पहिले गणेशको पूजा गरिन्छ ।
पहिले गणेशको पूजा गरी वा उनलाई सम्झी गरिएका कार्यमा विघ्न पर्दैन भन्ने जनविश्वास छ ।

पोखरा ।

आज गणेश चातुर्थी, भगवान गणेशको विशेष पूजा आराधनासहित गणेश चतुर्थी मनाइँदैछ ।

हरेक वर्ष भाद्र शुक्ल चतुर्थी तिथिका दिनलाई गणेश चौथीको नाममा वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुले मनाउने गर्छन् ।

शिव र पार्वतीका पुत्रका रूपमा यो दिन गणेशजीको उत्पत्ति भएको पुराणमा उल्लेख छ ।

भगवान् गणेश सबै काममा बिघ्न हटाउने अर्थात् बिघ्नहर्ताका रूपमा पुजिन्छन् । हिन्दूधर्ममा गरिने सम्पूर्ण पूजाआराधनामा पहिले गणेशको पूजा गरिन्छ ।

पहिले गणेशको पूजा गरी वा उनलाई सम्झी गरिएका कार्यमा विघ्न पर्दैन भन्ने जनविश्वास छ ।

सनातन समाजमा कुनै काम शुरु गर्दा ‘श्रीगणेश गरेको’ भन्ने चलन छ । ठूलो भुँडी भएकाले लम्बोदर, हात्तीको आकृतियुक्त मुहार भएकाले गजानन, विघ्न हटाउने भएकाले विघ्ननाशक, गणका पति भएकाले

गणपति, सबै देवताका प्रिय भएकाले सुरप्रिय र विनायकजस्ता अनेकौँ नामले गणेश पुजिन्छन् ।

आज देशभरका गणेश मन्दिरमा विशेष मेला लागेको छ । आज काठमाडौंका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायकसहित कमलादी गणेशको मन्दिरमा विशेष पूजासहित भक्तजनको भीड छ ।

गणेशलाई लड्डु (मोदक) चढाएर आफ्नो मनोकामना पूरा हुने विश्वासअनुसार अधिकांश गणेश मन्दिरमा भक्तजनहरु मोदक बोकेर पुगेका छन् ।

आजैका दिन गणेशको जन्म भएको शिवपुराणमा उल्लेख छ । हरितालिका तिजको भोलिपल्ट आज गणेश चौथी मनाउने गरिन्छ ।

हिजो व्रत बसेका महिलाहरुले आज बिहानै गणेशको पूजा गरी दिनभर नाचगान र व्रत बस्ने गर्छन् । यस दिन कसैको हानी नोक्शानी पु¥याए त्यसको पाप नलाग्ने विश्वास गरिन्छ ।

भोलि (बिहीबार) ऋषिपञ्चमी पर्व मनाइएपछि तिज औपचारिक रुपमा समापन हुन्छ । गणेश चौथीको दिन नेवार समुदायले भने चथा पर्व मनाउँदैछन् ।

आज बेलुका चन्द्रमालाई पूजा गरेर यो पर्व मनाइने गरिन्छ । चन्द्रमालाई आज चोर देवताका रुपमा पूजा गरिन्छ ।

कमलको फूल, चथा फूल, फलफूल, अदुवाको बोट लगायत राखेर चन्द्रमाको पूजा गर्ने चलन छ ।

प्रकाशित मिति २०८२ भदौ ११ गते बुधबार १०:३३
हजुरको प्रतिक्रिया