२०८३ साउन २१ गते बिहीबार

पोखरा विमानस्थल सञ्चालन गर्न सरकारले सक्रियता देखायो

पोखरा विमानस्थल सञ्चालन गर्न सरकारले सक्रियता देखायो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ११ गते बुधबार ०३:२९

बैठक पोखरा र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दिगो रूपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी ठोस कार्ययोजना निर्माण गर्ने विषयमा केन्द्रित रहेको छ ।

अर्थ मन्त्रालयमा उच्चस्तरीय छलफल

काठमाडौं ।
लामो समयदेखि पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने उपाय खोज्न सरकारले सक्रियता देखाएको छ । यसै सम्बन्धमा अर्थ मन्त्रालयमा एक उच्चस्तरीय छलफल सम्पन्न भएको छ ।

बैठक पोखरा र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दिगो रूपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी ठोस कार्ययोजना निर्माण गर्ने विषयमा केन्द्रित थियो । छलफलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो भारलाई व्यवस्थापन गर्दै पोखरा र भैरहवामा नियमित उडानका लागि सम्भावित थप उपायहरू पहिचान गरी अघि बढ्ने सहमति भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अग्रसरतामा भएको छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, मुख्य सचिव एकनारायण अर्याल, विभिन्न मन्त्रालयका सचिवहरू तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायतको सहभागिता थियो ।

करोडौंको लगानीमा निर्माण सम्पन्न भएर पनि अपेक्षित रूपमा अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पोखरा विमानस्थलको भविष्यबारे चिन्ता बढिरहेका बेला सरकारले यसको दिगो सञ्चालनका लागि अग्रसरता देखाएको हो ।

प्रकाशित मिति २०८२ भदौ ११ गते बुधबार ०३:२९
हजुरको प्रतिक्रिया