२०८३ साउन २१ गते बिहीबार

लेखनाथ उद्योग वाणिज्य संघको नेतृत्वका लागि जानुका पराजुली अधिकारी प्यानलसहित मैदानमा

लेखनाथ उद्योग वाणिज्य संघको नेतृत्वका लागि जानुका पराजुली अधिकारी प्यानलसहित मैदानमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १२ गते बिहीबार ०१:१०

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको आसन्न अधिवेशनले यसपटक एउटा ऐतिहासिक मोड लिएको छ। संघको इतिहासमा पहिलो पटक एक महिला नेतृ, वर्तमान महासचिव जानुका पराजुली अधिकारी, अध्यक्ष पदमा उम्मेदवारी दिने जनाउदै चुनावी मैदानमा होमिएकी...

पोखरा ।

लेखनाथ उद्योग वाणिज्य संघको आसन्न अधिवेशनले यसपटक एउटा ऐतिहासिक मोड लिएको छ। संघको इतिहासमा पहिलो पटक एक महिला नेतृ, वर्तमान महासचिव जानुका पराजुली अधिकारी, अध्यक्ष पदमा उम्मेदवारी दिने जनाउदै चुनावी मैदानमा होमिएकी छन्। उनको सशक्त नेतृत्व र समावेशी प्यानलले यस क्षेत्रका उद्योगी व्यवसायीहरूमाझ नयाँ ऊर्जा र उत्साह सञ्चार गरेको छ।

भदौ २० र २१ गते हुन लागेको यस अधिवेशनमा अधिकारीको अध्यक्षीय प्यानलले आफ्नो उम्मेदवारी घोषणा गरेसँगै यसले व्यापक चर्चा पाएको छ। उनको प्यानलमा वरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बास्तोला, प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य, द्वित्तिय उपाध्यक्ष धु्रबबाबु भट्टराई ९आई।डी।, महासचिव भरतराज ओझा, उपमहासचिव गंगाकुमारी मल्ल र कोषाध्यक्ष हरी बस्ताकोटी रहेका छन्।

 

यस्तै, खुल्ला सदस्यमा प्रतिक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने, विरेन्द्रराज भुर्तेल, भविन्द्र पुन भविन, सुजन न्यौपाने, दिपक अधिकारी, कृष्णप्रसाद तिमिल्सिना, सन्दिप बुढाथोकी जस्ता युवा तथा अनुभवी अनुहारहरू समावेश छन्। महिला सदस्यमा सर्मिला श्रेष्ठ र गंगा परियारको उम्मेदवारीले महिला उद्यमीहरूको प्रतिनिधित्वलाई थप बल पुर्‍याएको छ।

 

एसोसियट सदस्यमा दयाराज भण्डारी र संस्थागत सदस्यमा विरभद्र कंडेलसहितको यो प्यानलले लेखनाथको समग्र व्यावसायिक विकासका लागि दूरगामी भिजन बोकेको बताएका छन ।

हाल महासचिवको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएकी अधिकारीले आफ्नो उम्मेदवारीको औचित्य प्रष्ट्याउँदै भनिन्, “संघको सदस्य हुँदै हाल महासचिव पदमा रहेर मैले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाइरहेकी छु। संघलाई अझ विस्तार गर्दै उद्योगी, व्यवसायीको क्षेत्रमा नयाँ कार्य गर्ने, आफ्नै गाउँमा बसेर युवालाई उद्यम, व्यवसाय गर्न उत्प्रेरित गर्ने उद्धेश्यले नै अध्यक्ष पदमा मेरो उम्मेदवारी हो।” उनले थपिन्, “अध्यक्षमा महिलाको नेतृत्व हुँदै गर्दा महिलाका बाहिर आउन नसकेका उद्यम, व्यवसायका समस्या समाधान गर्न र उनीहरूलाई यो क्षेत्रमा लाग्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मिति २०८२ भदौ १२ गते बिहीबार ०१:१०
हजुरको प्रतिक्रिया