२०८३ साउन २१ गते बिहीबार

बाेल्ड एण्ड हट् ज्याकलिन

बाेल्ड एण्ड हट् ज्याकलिन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १९ गते शनिबार ०८:४१

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज ३६ वर्ष पुगेकी छन् । मिस युनिभर्स श्रीलंकासमेत भएकी ज्याकलिन १९८५ अगस्ट ११ मा जन्मिएकी हुन् । सिड्नी युनिभर्सिटीबाट मास कम्युनिकेसनको अध्ययन गरेकी उनले २००९ मा बलिउडमा डेब्यू गरेकी हुन्।...

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज ३६ वर्ष पुगेकी छन् । मिस युनिभर्स श्रीलंकासमेत भएकी ज्याकलिन १९८५ अगस्ट ११ मा जन्मिएकी हुन् । सिड्नी युनिभर्सिटीबाट मास कम्युनिकेसनको अध्ययन गरेकी उनले २००९ मा बलिउडमा डेब्यू गरेकी हुन्। ज्याकलिनले टिभी रिपोर्टरका रूपमा पनि काम गरेकी छन्।

ज्याकलिनका बुबा श्रीलंकाका थिए भने आमा मलेसियन मूलकी थिइन्। ४ भाइबहिनीमध्येकी कान्छी छोरी ज्याकलिनको पहिलेदेखि नै अभिनयप्रति झुकाव थियो। १४ वर्षको उमेरमा उनले बहराइनमा एउटा कार्यक्रमसमेत आयोजना गरेकी थिइन्।

एक अन्तर्वार्तामा उनले आफूमा सानैदेखि अभिनेत्री हुने चाहना र फिल्मस्टार हुने सोच रहेको बताएकी थिइन्। सोही कारणले उनले जोन स्कुलबाट अभिनयको प्रशिक्षणसमेत लिएकी थिइन्। सिड्नी विश्वविद्यालयबाट स्नातक सकेर टिभी रिपोर्टरका रूपमा काम थालेकी ज्याकलिनले त्यसपछि मोडलिङ थालेकी थिइन्।

२००९ मा एक मोडलिङमा गर्न भारत छिरेकी उनले सोही समय निर्देशक सुजोय घोषको फिल्म ‘अलादीन’ का लागि अडिसनबाट छानिएकी थिइन्। त्यसपछि उनले पछि फर्केर हेर्नुपरेको छैन् ।

 

प्रकाशित मिति २०७८ भदौ १९ गते शनिबार ०८:४१
हजुरको प्रतिक्रिया