२०८३ असोज २५ गते आइतबार

दुई संसदीय समितिको बैठक बस्दै

दुई संसदीय समितिको बैठक बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १६ गते सोमबार ०९:१७

जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ ।
सो समितिको बैठकमा नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालाहरुसँग विधेयकका सैद्धान्तिक पक्षसँग सम्बन्धित विषयमा छलफल हुनेछ ।

काठमाडौं ।

संघीय संसदअन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ ।

सो समितिको बैठकमा नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालाहरुसँग विधेयकका सैद्धान्तिक पक्षसँग सम्बन्धित विषयमा छलफल हुनेछ ।

त्यस्तै विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान साढे ११ बजे नै बस्दै छ ।

समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।

प्रकाशित मिति २०८२ भदौ १६ गते सोमबार ०९:१७
हजुरको प्रतिक्रिया