२०८३ साउन २१ गते बिहीबार

सीमा सुरक्षाका बारेमा सरकार गम्भीर छः गृहमन्त्री लेखक

सीमा सुरक्षाका बारेमा सरकार गम्भीर छः गृहमन्त्री लेखक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १६ गते सोमबार ०३:२२

सीमा सुरक्षा, सीमामा हुने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपालले काम गरिरहेको छ

काडमाडौ ।
गृहमन्त्री रमेश लेखकले सीमा सुरक्षाका बारेमा सरकार गम्भीर रहेको बताएका छन् । पर्सामा सोमवार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले सीमा सुरक्षा, सीमामा हुने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपालले काम गरिरहेको उल्लेख गरे ।
उनले ठाउँ ठाउँमा सीमा सुरक्षाका कुराहरु, सीमामा अपराधजन्य काम नियन्त्रणका लागि सरकारले गहन रुपमा काम गरिरहेको जिकिर गरे । उनले नेपाल कुनैपनि देशको सैन्य रणनीतिमा सामेल नहुने स्पष्ट पारे । उनले भने , ‘सीमा सुरक्षाका बारेमा हामी गम्भीर छौँ । सीमा सुरक्षा र सीमामा हुने अपराध नियन्त्रणका लागि शसस्त्र प्रहरी बल, नेपालले काम गरिरहेको छ । ठाउँ ठाउँमा सीमा सुरक्षाका कुराहरु, सीमामा अपराधजन्य काम नियन्त्रणका लागि हामीले गहन रुपले काम गरिरहेका छौँ । चिनियाँ रणनीतिमा हामी सामेल भएको हो की भन्ने प्रश्न उठाउनुभएको छ । हामी कुनैपनि देशको सैन्य रणनीतिमा सामेल हुँदैनाँै । हामी सबैका मित्र छौँ, कसैसँग शत्रुभाव छैन ।’
गृहमन्त्री लेखकले अपराधजन्य गतिविधिमा आग्रह, पूर्वाग्रह नहुने स्पष्ट पारे ।

प्रकाशित मिति २०८२ भदौ १६ गते सोमबार ०३:२२
हजुरको प्रतिक्रिया