२०८३ साउन २१ गते बिहीबार

मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ गतेदेखि २५ गतेसम्म दल दर्ता

मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ गतेदेखि २५ गतेसम्म दल दर्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १७ गते मंगलबार ०१:०३

काठमाडौं । मनाङ क्षेत्र नम्बर १ को २ मा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि भदौ १९ गतेदेखि दल दर्ता सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले आज सूचना जारी गरी भदौ १९ गतेदेखि २५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको...

काठमाडौं ।

मनाङ क्षेत्र नम्बर १ को २ मा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि भदौ १९ गतेदेखि दल दर्ता सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले आज सूचना जारी गरी भदौ १९ गतेदेखि २५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हो ।

मनाङ क्षेत्र नम्बर १ ९२०बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित राजीव गुरुङ ९दीपक मनाङे० ज्यान मुद्दामा कारागार चलान भएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुँदैछ ।

सो उपनिर्वाचन प्रयोजनका लागि आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा कार्यालय समयमा दल दर्ताको निवेदन पेश गर्नुपर्ने आयोगले जनाएको छ ।

निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचा प्रयोग गर्नुपर्नेछ । साथै दलको संक्षिप्त र पूरा नाम, स्थापना मिति, केन्द्रीय कार्यालय र पत्राचार गर्ने ठेगाना, सम्पर्क नम्बर, इमेल, वेबसाइट, सामाजिक सञ्जाल खाता, केन्द्रीय कार्यसमिति र प्रदेश–जिल्ला तहका पदाधिकारी तथा सदस्य संख्या लगायतका विवरण संलग्न गर्नुपर्नेछ ।

त्यसैगरी, दलको पछिल्लो वार्षिक लेखा परीक्षण प्रतिवेदन, केन्द्रीय समितिबाट दल दर्ता र उम्मेदवार मनोनयनको औपचारिक पत्र दिन अधिकार प्रदान गरेको निर्णयको प्रतिलिपि, उम्मेदवारलाई पत्र दिने पदाधिकारीको नाम, पद, सम्पर्क नम्बर र हस्ताक्षर नमूना, संविधानको धारा २६९९४० अनुसारको शर्त पूरा गर्ने प्रतिबद्धता पत्रसमेत आवश्यक पर्ने आयोगले स्पष्ट पारेको छ ।

नयाँ दल बनेका वा गाभिएका दलका हकमा आर्थिक वर्ष २०८०र८१ को लेखा परीक्षण प्रतिवेदनमा साविक दलहरूको विवरणसमेत समावेश गर्नुपर्नेछ ।

 

प्रकाशित मिति २०८२ भदौ १७ गते मंगलबार ०१:०३
हजुरको प्रतिक्रिया