२०८३ साउन २१ गते बिहीबार

मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया

मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १८ गते बुधबार ०२:१५

काठमाण्डाै . नेकपा एमाले वागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले देशको कार्यकारी पद अर्थात् मुख्यमन्त्री र प्रधानमन्त्री पदमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने प्रस्ताव अघि बढाएका छन्। उनले यो व्यवस्था संविधानमै...

काठमाण्डाै .

नेकपा एमाले वागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले देशको कार्यकारी पद अर्थात् मुख्यमन्त्री र प्रधानमन्त्री पदमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने प्रस्ताव अघि बढाएका छन्।

उनले यो व्यवस्था संविधानमै सुनिश्चित गर्न आवश्यक रहेको धारणा राखेका हुन्। न्युज एजेन्सी नेपालसँग हेटौंडास्थित प्रदेशसभा परिसरमा कुराकानी गर्दै थपलियाले प्रत्यक्ष निर्वाचन प्रणालीले सरकारलाई पाँच वर्षसम्म ढुक्कसँग काम गर्ने वातावरण दिन्छ र जनतासँगको अपनत्व पनि बढाउँछ भन्ने विश्वास व्यक्त गरे।

सरकार स्थिर रहनसक्यो भने विकास निर्माणका कुराहरू पनि निरन्तर रूपमा अघि बढ्नसक्ने बताए। त्यसैले अब संविधानमै आवश्यक संशोधन गरेर यस्तो प्रणालीमा जानुपर्ने बेला आएको उनको भनाइ छ।

थपलियाले अहिलेको राजनीतिक प्रणालीमा सरकार ढल्ने, समर्थन फिर्ता हुने र बारम्बार सत्ता परिवर्तन हुने क्रमले विकासको गति अवरुद्ध भएको उल्लेख गरे। प्रत्यक्ष निर्वाचन प्रणालीबाट जनप्रतिनिधि आउँदा जनताले आफैंले चुनेको नेतृत्वसँग प्रत्यक्ष रूपमा हिसाव—किताव माग्नसक्ने वातावरण बन्ने भन्दै उनले उक्त प्रणाली लोकतान्त्रिक अभ्याससँग पनि मेल खाने बताए।

उनले पार्टीभित्र देखिएको आन्तरिक बहस स्वाभाविक प्रक्रिया भएको बताए।

प्रकाशित मिति २०८२ भदौ १८ गते बुधबार ०२:१५
हजुरको प्रतिक्रिया