२०८३ साउन २१ गते बिहीबार

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९औं राष्ट्रिय दिवस मनाइयो

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९औं राष्ट्रिय दिवस मनाइयो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २० गते शुक्रबार १०:०३

¥यालीमा सहभागी हुँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन एउटा नराम्रो काम भएको उल्लेख गर्दै यसका विरुद्धमा हुने कार्यक्रमहरु सफल बनाउनुपर्ने बताए ।

काठमाडौं ।

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९औं राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

शुक्रबार काठमाडौंका विभिन्न स्थानमा मानव बेचबिखनविरुद्धको ¥यालीसहित यो दिवस मनाइएको हो ।

यस वर्ष ‘तीनै तहका सरकार मिली गरौँ हातेमालोः मानव बेचबिखनको हटाऔँ दुष्चक्रको जालो’ नाराका साथ मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दिवस मनाइँदैछ ।

मानव बेचबिखन तथा ओसारपसार रोक्न सबै एकजुट हुनुपर्ने माग गरिएको छ ।

¥यालीमा सहभागी हुँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन एउटा नराम्रो काम भएको उल्लेख गर्दै यसका विरुद्धमा हुने कार्यक्रमहरु सफल बनाउनुपर्ने बताए ।

मन्त्री सुडीले भने, ‘हाम्रो देशमा वा विश्वमा नै मानव बेचबिखन एउटा नराम्रो काम हो । यसका विरुद्धमा हुने कार्यक्रमहरु हामी सफल पारौँ । यसको विरोधमा हामी काम गरौँ ।’

¥यालीमा सहभागीहरुले हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज, सबै सचेत र सजग रहौँ, दलाललाई कानूनी कठघरामा उभ्याऔँ, बेचबिखन अपराध हो सचेत रहौँ लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति २०८२ भदौ २० गते शुक्रबार १०:०३
हजुरको प्रतिक्रिया