२०८३ असोज २५ गते आइतबार

लिपुलेकबारे चीनसँग मैले राखेको धारणा रेकर्डेड छः प्रधानमन्त्री ओली

लिपुलेकबारे चीनसँग मैले राखेको धारणा रेकर्डेड छः प्रधानमन्त्री ओली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २० गते शुक्रबार ०३:५६

नेपाली भूमिलाई दुई ठूलो मुलुकमा व्यापारिक मार्ग बनाउने समझदारीप्रति असहमति जनाए

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकमा व्यापारी मार्ग बनाउने भारत र चीनको समझदारीबारे आफूले चीनसँग स्पष्ट कुरा राखेको बताएका छन्। आफूले चीनका राष्ट्रपति सी जीनपिङसँग औपचारिक भेटवार्तामा नेपाली भूमिलाई दुई ठूलो मुलुकमा व्यापारिक मार्ग बनाउने समझदारीप्रति असहमति जनाएको बताएका हुन्।
शुक्रवार एमालेको विधान अधिवेशन उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा अडियो, भिडियोहरूमा रेकर्डेड रहेको र कूटनीतिक नोटहरूमा पनि समावेश गरिएको बताए।
उनले राष्ट्रपति सीले सो विषयमा भारतसँग कुटनीतिक वार्ता गरेर समस्या समाधान गर्न सुझाव दिएको पनि बताए। नेपालको सार्वभौमसत्तामा तलमाथि पर्न नदिइने कुरा पनि राष्ट्रपति सीले आफूसँगको वार्तामा भनेको प्रधानमन्त्री ओलीको भनाई थियो। उनले सो विषयमा भारतीय पक्षसँग नै समाधानका लागि आफूले पहल गर्ने पनि बताए।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले आफूले राष्ट्रको इज्जत, प्रतिष्ठा र हितमा केन्द्रित भएर विदेश भ्रमण गर्ने गरेको पनि बताए।

प्रकाशित मिति २०८२ भदौ २० गते शुक्रबार ०३:५६
हजुरको प्रतिक्रिया