२०८३ साउन २१ गते बिहीबार

उपेन्द्रको आरोपः कांग्रेस र कम्युनिष्टहरू संघीयताको पक्षमा छैनन्

उपेन्द्रको आरोपः कांग्रेस र कम्युनिष्टहरू संघीयताको पक्षमा छैनन्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २१ गते शनिबार ०१:२५

कम्युनिष्टको साइनबोर्ड लगाएर सबै कमाउने र अवसरवादीको जमात जम्मा भएको आरोप

काठमाडौं ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्टहरू संघीयताको पक्षमा नरहेको आरोप लगाएका छन्। संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा शुक्रवार आयोजना गरेको वर्तमान राजनीतिक अवस्थास् जनजागरण अभियानलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
यादवले अहिले सबैभन्दा बढी संकटमा संघीय लोकतान्त्रिक गणतन्त्र रहेको बताए। कांग्रेस र कम्युनिष्टको कारण नै संघीयता संकटमा रहेको उनको आरोप छ । कहिले पनि कांग्रेस संघीयताको पक्षमा नरहेको र नेपालमा वास्तविक कम्युनिष्टहरू नरहेको बताउँदै कम्युनिष्टको साइनबोर्ड लगाएर सबै कमाउने र अवसरवादीको जमात जम्मा भएको आरोप उनको छ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा धेरै संकटमा छ । धरापमा छ । कांग्रेस र कम्युनिष्टको कारण हो । कहिले पनि कांग्रेस संघीयताको पक्षमा छैन । कहिले पनि नेपाली कांग्रेस गणतन्त्रको पक्षमा थिएन । बहुदलीय प्रजातन्त्र, संवैधानिक राजतन्त्र कांग्रेसको मूल मन्त्रु, अध्यक्ष यादवले भने, ​ुकम्युनिष्टहरू नेपालमा वास्तवमा छँदै छैनन् । न सिद्धान्तमा कम्युनिष्ट, न विचारमा, न आदर्शमा, न चरित्रमा । कम्युनिष्टको साइनबोर्ड लगाएर सबै कमाउने र अवसरवादीको जमात हो । जो कहिले पनि नेपालमा संघीयता र समावेशिताको पक्षमा छैनन् । अहिले दुवै मिलेर सबैभन्दा धेरै प्रहार संघीयतामाथि गरिरहेका छन् ।

प्रकाशित मिति २०८२ भदौ २१ गते शनिबार ०१:२५
हजुरको प्रतिक्रिया