२०८३ साउन २१ गते बिहीबार

लम्जुङमा प्रचण्डको मोर्निङ वाक : सहिद परिवार भेट र विद्यालय अवलोकन

लम्जुङमा प्रचण्डको मोर्निङ वाक : सहिद परिवार भेट र विद्यालय अवलोकन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २२ गते आइतबार १०:२५

यस क्रममा उनले जनयुद्धका सहिद राममणी भट्टराईको घरमा पुगेर परिवारसँग भेटघाट गरेका छन् ।
सहिद भट्टराईको तस्बिरमा माल्यार्पण गर्दै अध्यक्ष प्रचण्डले उनीप्रति श्रद्धाञ्जली अर्पण गरे ।

लमजुङ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लमजुङ भ्रमणका क्रममा शनिबार बिहान भोर्लेटारमा मर्निङ वाक गरेका छन् ।

यस क्रममा उनले जनयुद्धका सहिद राममणी भट्टराईको घरमा पुगेर परिवारसँग भेटघाट गरेका छन् ।

सहिद भट्टराईको तस्बिरमा माल्यार्पण गर्दै अध्यक्ष प्रचण्डले उनीप्रति श्रद्धाञ्जली अर्पण गरे ।

त्यसपछि अध्यक्ष प्रचण्ड नेतृत्वको टोलीले श्री ईशानेश्वर माध्यमिक विद्यालयको अवलोकन पनि गरेको थियो ।

विद्यालयको भौतिक संरचना र शैक्षिक गतिविधिबारे अवलोकन गर्दै उनले विद्यालयप्रति चासो व्यक्त गरे ।

अध्यक्ष प्रचण्डको मर्निङ वाकका क्रममा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो भने ठाउँ ठाउँमा स्थानीयले स्वागतसमेत गरेका छन् ।

प्रकाशित मिति २०८२ भदौ २२ गते आइतबार १०:२५
हजुरको प्रतिक्रिया