२०८३ साउन २१ गते बिहीबार

पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन नहुने व्यवस्था विधानमा नै गर्न पार्टी नेतृत्वलाई एमाले नेताहरूको सुझाव

पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन नहुने व्यवस्था विधानमा नै गर्न पार्टी नेतृत्वलाई एमाले नेताहरूको सुझाव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २२ गते आइतबार ०२:५७

अध्यक्ष ओलीले सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिँदै सो महाधिवेशन समापन हुने

काठमाडौं ।
नेकपा एमालेका नेताहरूले पार्टीको विधानमा नै पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा आउन नहुने स्पष्ट व्यवस्था गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन। ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा अन्तिम दिन आइतवार समूहगत छलफलको निष्कर्ष सुनाउँदै उनीहरूले सो कुरामा जोड दिएका हुन्। वागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल, मधेस प्रदेशका अध्यक्ष चण्डेश्वर मण्डललगायतका अधिकांश नेताहरूले आफ्नो समूहको छलफलको निष्कर्ष सुनाउँदै पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति र संवैधानिक अंगका प्रमुख भइसकेकाहरूलाई राजनीतिमा आउन नदिनका लागि पार्टी नेतृत्वलाई सुझाव दिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। त्यसैगरी उनीहरूले किसानलाई अनुदान बढाउन, सहिद परिवारलाई राजनीतिक क्षेत्रमा प्रतिनिधित्व गराउनमा जोड दिन, पार्टीमा मूल्यांकन गर्ने वैज्ञानिक परिपाटीको विकास गर्नुपर्ने धारणा पनि राखेको उनले बताए।
महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नु भएको राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रस्तावमाथि छलफल गर्न बनाएको १० वटा समूहका नेताहरूले आफ्नो सुझाव प्रस्तुत गरिसकेका छन।
अध्यक्ष ओलीले सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिँदै सो महाधिवेशन समापन हुने पनि प्रचार विभाग प्रमुख गौतमले बताए।

प्रकाशित मिति २०८२ भदौ २२ गते आइतबार ०२:५७
हजुरको प्रतिक्रिया