२०८३ साउन २१ गते बिहीबार

चार संसदीय समितिको बैठक बस्दै

चार संसदीय समितिको बैठक बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २३ गते सोमबार ०९:५४

बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रश्ताव दर्ता गराउनुहुने सदस्यहरुसँग छलफल हुनेछ ।

काठमाडौं ।

संघीय संसद्अन्तर्गत आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन मस्यौदा वारेमा छलफल हुँदैछ ।

त्यस्तै बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रश्ताव दर्ता गराउनुहुने सदस्यहरुसँग छलफल हुनेछ ।

यसैगरि बिहान साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य सम्बन्धी समसामयिक विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल हुनेछ ।

त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक मध्यान्ह साढे १२ बजे बस्नेछ ।

सो समितिको बैठकमा केरा व्यवसायी कृषकका समस्याका सम्बन्धमा अर्थ, कृषि तथा पशुपंक्षी विकास र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सरोकारवालासँग छलफल हुनेछ ।

प्रकाशित मिति २०८२ भदौ २३ गते सोमबार ०९:५४
हजुरको प्रतिक्रिया