२०८३ साउन २१ गते बिहीबार

तनहुँको दमौलीमा पनि अनिश्चितकालिन कर्फ्यू

तनहुँको दमौलीमा पनि अनिश्चितकालिन कर्फ्यू

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २४ गते मंगलबार ११:२८

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले पनि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले दमौलीमा मंगलबार विहान १० बजेदेखि अनिश्चितकालिन कर्फ्यू जारी गरेका हुन् । दमौलीको पूर्वतर्फ रेडक्रस...

तनहुँ ।

जिल्ला प्रशासन कार्यालय तनहुँले पनि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले दमौलीमा मंगलबार विहान १० बजेदेखि अनिश्चितकालिन कर्फ्यू जारी गरेका हुन् ।

दमौलीको पूर्वतर्फ रेडक्रस सोसाईटी जिल्ला शाखासम्म, उत्तरतर्फ, उद्योग वाणिज्यको सभाहल देखि प्रशासन गेटसम्म भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र देखि प्रदेश जनस्वास्थ्य कार्यालय छिर्ने गेट देखिको सडक क्षेत्रमा कर्फ्यू आदेश जारी भएको हो ।

पश्चिमतर्फ महर्षि वेद व्यास स्कुलसम्म र दक्षिणतर्फ व्यास आश्रमसम्मको क्षेत्रलाई निषेधित तोकिएको हो । सोमबार दमौलीस्थित अनसन चौतारीमा जेन–जी समूहले देशमा व्याप्त भ्रष्टाचार विरुद्ध नाराबाजीसहित विरोध प्रर्दशन गरेका थिए ।

व्यास नगरपालिकामा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दङ्गा तथा झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना भई शान्ति सुरक्षा भड्ग हुन सक्ने परिस्थितिलाई दृष्टिगत कर्फ्यू लगाएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताएका छन् ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानून बमोजिम कारबाही चेतावनि प्रशासनले दिएको छ ।

प्रकाशित मिति २०८२ भदौ २४ गते मंगलबार ११:२८
हजुरको प्रतिक्रिया