२०८३ साउन २१ गते बिहीबार

फेवामा चल्न थाले डुङ्गा

फेवामा चल्न थाले डुङ्गा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज ४ गते आइतबार ०४:५५

कोरोना महामारीका कारण करिब ६ महिनादेखि सुनसान प्राय फेवातालमा विस्तारै चहलपहल शुरु भएको छ । करिब ६ महिनादेखि थन्किएका डुंगा सञ्चालनमा आएपछि फेवातालमा चहलपहल बढेको हो । सरकारले असोज १ गतेबाट नै डुंगा सञ्चालनको अनुमति दिएपनि मर्मत...

सोमबारदेखि प्याराग्लाइडिङको ब्यावसायिक उडान पनि शुरु

कोरोना महामारीका कारण करिब ६ महिनादेखि सुनसान प्राय फेवातालमा विस्तारै चहलपहल शुरु भएको छ । करिब ६ महिनादेखि थन्किएका डुंगा सञ्चालनमा आएपछि फेवातालमा चहलपहल बढेको हो ।

सरकारले असोज १ गतेबाट नै डुंगा सञ्चालनको अनुमति दिएपनि मर्मत सम्भारको काम बाँकी रहेकाले असोज २ गतेबाट डुंगा सञ्चालनमा आएको फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताएका छन् ।

सरकारले दिएको मापदण्ड अनुसार नै डुङ्गा सञ्चालन भएको र  डुंगा सवार गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, सेनिटाइजरको प्रयोग गर्नुपर्ने, लाइन बस्दा भौतिक दुरी कायम गर्नुपर्ने लगायतको मापदण्ड तयार गरेर डुंगा सञ्चालन शुरु भएको हो । डु‌ंगा सवार यात्रुहरुले कोरोना महामारी अघिकै भाडादरमा डुंगा सयर गर्न पाउने समितिले जनाएको छ ।

यस्तै, सोमबारदेखि सहासिक खेलकुद प्याराग्लाइडिङको समेत व्यवसायिक उडान शुरु हुनेभएको छ ।

कोरोनाका कारण विगत ६ महिना देखि वन्द रहेको प्याराग्लाइडिङ सञ्चालनका लागि असोज ५ गतेवाट नेपाल हवाई खेलकुद संस्था (ना)ले तयारी शुरु गर्ने जनाएको हो । नेपालको हवाई कम्पनीहरुले ५ गतेवाट नै उडान थाल्ने तयारी सङै ना ले समेत आन्तरिक पर्यटकलाई लक्षित गर्दै व्यवसायिक उडान शुरु गर्ने भएको अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिएका छन ।

 ६ महिना देखि वन्द प्याराग्लाइडिङको सोलो उडान भने असोज १ गतेवाट  शुरु भइसकेको छ ।

तस्विर – गुगल

प्रकाशित मिति २०७७ असोज ४ गते आइतबार ०४:५५
हजुरको प्रतिक्रिया