२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा कोरोना संक्रमित बढे

गण्डकीमा कोरोना संक्रमित बढे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ मंसिर २२ गते बुधबार ०८:५०

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा १६९ जनामा गरिएको नमूना परिक्षणमा २० जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये १० महिला र १० पुरुष रहेका छन् । प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको...

पछिल्लाे २४ घण्टामा प्रदेशभर थप २० जनामा संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा १६९ जनामा गरिएको नमूना परिक्षणमा २० जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये १० महिला र १० पुरुष रहेका छन् ।

प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की १३, बागलुङ ३, पर्वत २ र नवलपरासी पूर्वमा २ जनामा संक्रमण देखिएको हो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८८ हजार ८० पुगेको छ ।

गण्डकीमा कारोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ की ७७ बर्षिय महिला रहेकी छिन । उनमा कोरोना संक्रमण देखिएपछि उपचारका क्रममा संक्रामक तथा सरुवा रोग अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।योसंगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४२२ पुगेको छ ।

प्रदेशमा पछिल्लो चौविस घण्टामा १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार ४५९ पुगेको छ भने होम आइसोलेसनमा १७६ जना रहेका छन् । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १९९ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

प्रकाशित मिति २०७८ मंसिर २२ गते बुधबार ०८:५०
हजुरको प्रतिक्रिया