२०८३ साउन २१ गते बिहीबार

पोखराका युवा सडक सरसफाइ गर्दै

पोखराका युवा सडक सरसफाइ गर्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २५ गते बुधबार ०१:०४

पोखरा । पोखराका युवा सडक सरसफाइमा जुटेका छन् । जेन–जी आन्दोलनले अस्तव्यस्त बनेको सडक सरसफाइमा युवाहरु स्वतस्फूर्त निस्किएका छन् । पोखराको नयाँबजार, महेन्द्रपुल, न्युरोड क्षेत्रको सडक सफा गरिएको हो । सरसफाइमा सहभागी युवा रिदेश...

पोखरा ।

पोखराका युवा सडक सरसफाइमा जुटेका छन् ।

जेन–जी आन्दोलनले अस्तव्यस्त बनेको सडक सरसफाइमा युवाहरु स्वतस्फूर्त निस्किएका छन् । पोखराको नयाँबजार, महेन्द्रपुल, न्युरोड क्षेत्रको सडक सफा गरिएको हो ।

सरसफाइमा सहभागी युवा रिदेश सुनारले सडक सफा गर्ने जिम्मा पनि जेन–जी पुस्ताकै भएको बताए । घर वरपर आन्दोलनका क्रममा भएको फोहोर सफा गर्न उनको आग्रह छ ।

मंगलबारको जेनजी आन्दोलनले पोखरामा रहेको प्रदेश सभा भवन, मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, गण्डकीका भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर केसीको घर, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको घर, व्यवसायिक प्रतिष्ठान, पूर्वमुख्यमन्त्री खगराज अधिकारीको घर, एनसेलको कार्यालय, इलाका प्रहरी कार्यालय बैदाम, नेपाल रेडक्रस सोसाइटी, एमाले र कांग्रेसको पार्टी कार्यालय, शिक्षाा कार्यालय, परिक्षा नियन्त्रक कार्यालय, गण्डकी विश्वविद्यालय लगायतका कार्यालय आगो लगाएर ध्वस्त बनाएका छन् । अबेर रातीसम्म उनीहरुले आगो लगाएपछि पोखराको आकाश धुवाँले ढाकिएको थियो ।

प्रकाशित मिति २०८२ भदौ २५ गते बुधबार ०१:०४
हजुरको प्रतिक्रिया